Loading... आजः २५ भाद्र २०८१, मंगलवार

कर्णालीमा नागरिक समाज गठन गर्ने तयारी, नागरिकका पक्षमा आवाज उठाउने प्रमूख उदेश्य

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नागरिक समाज गठन गर्ने तयारी सुरु भएको छ ।

कर्णालीमा रहेका दलहरु आफ्नो दलको सिण्डिकेटका विरुद्ध जान नसक्ने अवस्था हुँदा नागरिकले सास्ती भोग्नुपर्ने अवस्था आएको भन्दै नागरिक समाज जुर्मुराएको हो ।

प्रदेश प्राप्तीको आन्दोलनमा सभामुखको भूमिका निर्वाह गरेका सुर्खेतका प्रतिष्ठित व्यापारी चिन्तामणि शर्माले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै कर्णालीमा नागरिक समाज आवश्यक भइसकेको भन्दै प्रदेश प्राप्त गरेकै दिन नागरिक समाज गठनको तयारी सुरु गर्ने उल्लेख गरेका छन् ।

कर्णालीमा अहिले काँग्रेसले काँग्रेसका नेताका कुरा काटन नसक्ने, एमालेले एमाले नेताका कुरा काटन नसक्ने, माओवादीले पनि सोही काम गर्दै आइरहेकाले सहिलाई सहि र गलतलाई गलत निर्णय भन्नका लागि पनि नागरिक समाज आवश्यकता परेको शर्माको दावी छ ।

यसमा नागरिक समाजका सबै क्षेत्रका प्रवुद्ध व्यक्तिहरु सहभागि हुने र त्यसले सरकार, राजनीतिक दल, विभिन्न सेवाप्रवाह गर्ने निकायका कदमहरुको निर्मम समिक्षा गर्ने उनको भनाई छ ।