Loading... आजः २२ भाद्र २०८१, शनिबार

पत्रकार काफ्लेको टिप्पणीः प्रदेश अस्पताल सुर्खेतमा राणाशासन कायमै रहेछ…


दुर्गाप्रसाद काफ्ले, सुर्खेत ।
मेरो चार दिनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बसाई पछि इपि ग्यास्टिक (हर्निया) को सफल शल्यक्रिया भएको छ । यस कार्यमा अनवरत खटेर नयाँ जिवन प्रदान गर्नुहुने विशेषज्ञ स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, संलग्न कर्मचारी र आफन्तजन प्रति नतमस्तक छु ।

आर्थिक, भौतिक भावनात्मक र वैचारिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव प्रति नमन गर्न चाहन्छु । अस्पताल प्रशासन बाट जे जस्तो देखियो भोगियो सूझावको रुपमा देहाय बमोजिम केहि बुदा प्रस्तुत गर्दछु ।

१) दृश्य नम्वर एक:
अस्पताल हाताभित्र संचालित क्यान्टिन विरामीलाई लुट्न बसेजस्तो लाग्यो । झुर कालो चिया रु २५÷– पोलिथिनको सानो झोलामा हाल्दिएको थप रु १०÷– । सुत्केरीलाई आवस्यक पर्ने कपडा, बच्चाको कपडा, पातलो व्लाङ्केट , पानी, जुस, खानेकुरा आदी बजार भाउ भन्दा तिन गुणाले महंगो छ । विरामीलाई खुवाउने जाउलो भनेर वासी दातभात बेचिन्छ । अस्पताल प्रशासन र सरोकारवाला निकाय मौन छ । अस्पतालमा कमिशन जान्छ कि भनेर विरामीका आफन्तहरु विच गाईंगुई चल्छ ।

२) दृश्य नम्वर दुई :
अस्पतालमा कार्यरत कर्मचारीहरु (गार्ड, वासमेन) फार्मेसीमा खटेका कर्मचारी र स्वस्थ्यकर्मीहरुको बोली र व्यवहारको कुरै नगरौं । रिसाहा पनि यति हुन सकेका कि रिस मापन गर्ने यन्त्र हुन्थ्यो भने विश्वकै ठूलो अवार्ड उहाँहरु पाउनु हुन्थ्यो ।

३) दृश्य नम्वर तिन :
अस्पताल शौचालयको फोहोरले सन्चो हुने मान्छे पनि विरामी हुन्छ । पिरो गन्धले २ सय मिटर सम्म दुर्गन्धित बनाउँछ । शौचालयको कुनामा घुसारेका गुट्खाका पाकेट जम्मा गर्ने हो भने हजार पन्ध्र सय हुन्छन होला । कहिलेकाहीँ लाग्छ कर्णालीको सरकारका सन्चालकहरु, ठूलाबडाहरुलाई यहि शौचालय प्रयोग गर्न लगाऔं र यि मन्त्री मानयिी र उच्च पदस्थहरुको उपचार यतै गरौं । अनि यहाँको अस्पताल प्रशासन सुिध्रन्थ्यो कि ?

४) दृश्य नम्वर चारः–
अस्पतालको ईमर्जेन्सीमा ईमर्जेन्सी विरामी तथा सुत्केरीलाई समेत गेट अगाडि ओपिडीमा नर्मल बिरामी झै चेक गर्ने । बिरामीहरुलाई यसले गर्दा ठूलो सास्ती भोग्नु परेको पाइयो ।

५) दृश्य नम्वर पाँच :
एक विरामीको तर्फवाट मैले केहि प्रश्न गर्नु थियो, उत्तर पाउनुको सट्टा धम्की खाईयो । सरकारले दिने निःशुल्क औषधी कति प्रकारको छ ? कति जनाले उपयोग गर्नुभएको छ ? यो कुरा कसैलाई हेक्का छ ? विभिन्न शिर्षकमा सरकारी वजेटको हिनामिना र अपारदर्शिताको वारेमा कोहि जानकार छ ? सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मिहरु आफ्नो ड्युटीमा कम नीजि नर्सिङ होम र क्लिनिक तिर किन बढी देखिन्छन ? यसको जवाफमा मैले लाल लाल आँखा तरेको, दाह्रा किटेको अनुहारहरु पाउँछु ।

६) दृश्य नम्वर छ :
हरेक दुई दुई घन्टामा प्रेशर, तापक्रम, चाप नापिने रहेछ । तर ड्युटीमा कटेका स्टापहरुले ननापेरै फाईलमा चढाईदिएका रहेछन । (मेरो प्रेशर ११०÷६० हुन्थ्यो । १२०÷८० लेखिएको देखें) विरामी प्रति यति केयरलेस र खेलवाड किन हो भन्ने मेरो प्रश्नको जवाफ कसैले दिएन । वेडको तन्ना बिग्रेको आरोपमा मेरी श्रीमती विनिता शाही काफ्लेलाई रु ५००÷– जरिवाना गर्ने भन्दै कडा धम्कि वेहोर्न प¥यो । राणा शासन यस्तै हुँदो हो भन्दै नजिकैको वेडमा रहेका विरामी कुरुवाहरु भन्दै गर्दा मेरो मन झन दुख्यो ।
यि र यस्ता कुरा कति छन कति ।

नोट : यो उहाँको व्यक्तिगत विचार हो ।