Loading... आजः २२ आश्विन २०८१, मंगलवार

देउती होजियारीले मात्रै दियो अल्लो संरक्षण र संकलनका लागि दुई हजार बढीलाई प्रशिक्षण


सुर्खेत । कर्णाली प्रदेश अल्लो उत्पादनमा सबैभन्दा अग्रणी स्थानमा छ ।

कर्णाली प्रदेशमा पर्याप्त रुपमा अल्लो उत्पादन भएपनि जंगलमा नस्ट भएर जाने गरेको उदाहरण कर्णालीका नागरिकलाई बुझाउन पर्दैन ।
तर पछिल्लो समयमा अल्लोबाट बनेका अर्गानिक कपडाहरुको देश विदेशमा माग भइरहेका छन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत दश वर्ष देखि सञ्चालन भईरहेको देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रालिले यूएसएआईडी अन्र्तगतको जल, जंगल परियोजनाको आर्थिक एवम प्राविधिक सहयोगमा कर्णालीका सात ओटा पालिकाका १७ वडामा अल्लो संरक्षण, संकलन र प्रशोधन सम्वन्धी सीपमूलक तालिम सम्पन्न गरेको छ ।
उक्त तालिमबाट दुई हजार दुई सय एक्काईस जना लाभान्वित भएको देउती होजियारीका सञ्चालक सुजाता पाण्डेले पहिलोप्रेसलाई बताईन ।
उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको जुनिचाँदे गाउपालिका, दैलेखको नारायण नपा, गुराँस गाउँपालिका, भगवतीमाई गापा, नौमूले र महावु गाउँपालिकाका उच्च पहाडी क्षेत्र र बढी अल्लो पाईने स्थानका १७ वटा वडाहरुका नागरिकलाई उक्त तालिम दिइएको हो ।

‘यो तालिमले कर्णालीमा रहेको अल्लो अब खेर नजाओस र यहाँको अल्लोका कारण कर्णालीका नागरिक स्वरोजगार बन्दै आत्मनिर्भर बनुन भन्ने मूल मान्यताका आधारमा हामीले यो तालिम सञ्चालन गरेका हौं ।’ अध्यक्ष पाण्डेले भनिन्, ‘यसकालागि हामीले उहाँहरुले उत्पादन गरेको अल्लोलाई खरिद, विक्री देखि वजारीकरणसम्म गर्ने भनेर सम्झौतासमेत गरेका छौं ।’

अल्लो फाईबर प्रशोधन तथा कपडा उत्पादन कार्यक्रमका संयोजक महेश नेपालीका अनुसार उक्त कार्यक्रम अन्र्तगत सात पालिकाका सत्र वडामा वातावरणमैत्री अल्लो संरक्षण र संकलन सम्वन्धी प्रशिक्षण दिइएको छ ।

उक्त प्रशिक्षणबाट तालिमप्राप्त व्यक्तिले अल्लोको संरक्षण, उपयुक्त समयमा संकलन गरी प्रशोधन गर्ने र उनिहरुको आय आर्जनमा बढोत्तरी दिने यो परियोजनाको लक्ष्य रहेको संयोजक नेपालीले बताए ।

आगामी दिनमा पनि यो कार्यक्रमले अल्लोबाट उत्पादन हुने झोला, कोट, टोपी, खादालगायतका अन्य कपडाहरु उत्पादन गर्ने र विक्री वितरण गर्ने कम्पनीका व्यवस्थापक ओमकान्त तिवारीले बताए ।

त्यसकालागि आवश्यक पर्ने अल्लोको धागो, भुवा र लोक्ता उक्त पालिकामा रहेका तालिमप्राप्त ४० ओटा समूहका प्रशिक्षार्थीहरुबाट खरिद, उत्पादन र वजारीकरण गर्ने उनको भनाई थियो ।


सम्बन्धित समाचार