Loading... आजः ३ पुष २०८१, बुधबार

उपसभापति खड्काको गृहजिल्ला सुर्खेत काँग्रेसमा निरन्तर पहिरो जाँदै

खडकाका विश्वासपात्र सापकोटा बने रास्वपा सुर्खेत सभापति


सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काकाे जिल्ला सुर्खेत काँग्रेसमा पछिल्लो समय निरन्तर पहिरो जान थालेको छ ।

आज एक कार्यक्रमका बिच सुर्खेतका चर्चित युवा नेता एवम यातायात व्यवसायी रमेश कुमार सापकोटाले खड्काको साथ छोडेका हुन ।

यसअघि सधैं खड्काको नजिक रहँदै आएका सापकोटा आज रवि लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश मात्रै गरेनन, उनि जिल्ला सभापति समेत बनेका छन् । उनको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

उनि नेतृत्वको टोलीमा उपसभापति जगत बस्नेत, सचिवमा बिनय शाही, सहसचिवमा भुपेन्द्र बहादुर थापा, कोषाध्यक्षमा डिल्लिसरा सलामी मगर चयन भएका छन ।

सदस्यहरुमा हिरासिङ थापा, केशरी वलि, बालकृष्ण शर्मा, मोहन सिंह खत्री, किशोर थापा, राहुल बिक, शान्ति विशुन्खे चयन भएका हुन ।

यस्तै रास्वपाले सुर्खेतले निर्वाचन क्षेत्र नम्बर एकको क्षेत्रीय समिति संयोजकमा वालकृष्ण शर्मा, सहसंयोजक उत्तर कुमार राम्जाली र सदस्यमा चेतमाया वलि चयन भएको प्रदेश सहमहामन्त्री एवम प्रवक्ता हरि प्रसाद अधिकारीले जनाए ।

उनका अनुसार रास्वपाले निर्वाचन क्षेत्र नम्बर दुईको क्षेत्रीय संयोजकमा राहुल विकलाई सभापतिमा चयन गरेको छ । सहसंयोजकमा निर्मला आले मगर, सचिब टेकबहादुर बिक, सदस्यहरुमा तुल्सी खनाल, गणेश थापा, क्षेत्र प्रताप राना चयन भएका छन् ।


सम्बन्धित समाचार