Loading... आजः ३ पुष २०८१, बुधबार

कर्णालीका मुख्यमन्त्री र मन्त्रीले कहाँ मनाउँदैछन भाइटीका ?

सुर्खेत । हिन्दुहरुको दोश्रो महान पर्व तिहारमा कर्णालीका मुख्यमन्त्री यामलाल कंडेलले सुर्खेतमै भाईटीका ग्रहण गर्ने भएका छन् । सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ४ मा उनको स्थायी निवास रहेको छ । उनका दुई दिदिबहिनी छिन् ।

यस्तै, सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले काठमाडौंमा दिदिबहिनीहरुको हातबाट फूलमाला पहिरिने छन् । उनका दिििद बहिनी र परिवारसमेत काठमाडौंमा भएका कारण उनी काठमाडौं गइसकेका छन् ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दुल्लुमा नै भाईटीका मनाउने भएका छन् । उनले दश दिदिबहिनि भएका कारण सबैको घरमा जान सम्भव नभएको हुँदा सबै दिदि बहिनिीलाई घरमै बोलाएर फुलमाला ग्रहण गर्ने बताए ।

यस्तै, सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सल्यानमा तिहार मनाउने भएका छन् । सल्यानको शारदा नपा वडा नम्बर दुईमा रहेको उनकै निवासमा उनले तिहार मनाउने भएका हुन । उनका एउटा दिदि एउटा बहिनी छिन् ।

यस्तै, भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री शेरबहादुर बुढा भने बुद्ध धर्म मान्छन् । तरपनि दिपावलीको अवसरमा शुभकामना आदानप्रदानका लागि भोली उनि डोल्पा जाँदैछन् ।

राज्यमन्त्री गोमता विकले तिहार वीरेन्द्रनगरमै मनाउने बताईन । उनका चार ओटा भाई छन् । ती मध्ये दुई भाई भारतमै छन् । भाईटीकाका लागि उनले साहिलो भाई नयाँ विश्वकर्मालाई सुर्खेत बोलाएको बताईन । उनि दशैंमा भने दैलेखको आठबीस नगरपालिका वडा नम्बर एक सात्ताला गएकी थिईन ।

उर्जा जलस्रोत मन्त्री विजया बोहोराको भने फोन सम्पर्क हुन सकेन भने आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको फोन उठेन ।


सम्बन्धित समाचार