वृक्षारोपण दिवसको अवसरमा साढे तीन लाख विरुवा रोप्दै डिभिजन वन
सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले असार १४ गते वृक्षारोपण दिवसको अवसर पारेर जिल्ला भरि नै साढे तीन लाख भन्दा बढि विरुवा रोप्ने भएको छ ।
डिभिजन प्रमूख वसन्त श्रेष्ठका अनुसार वृक्षारोपण दिवसको अवसरमा असार ७ गते देखि नै पूर्वतयारी सुरु गरिएको छ भने असार १४ देखि एक सातासम्म वृक्षारोपण अभियान नै सुरु गर्ने तयारी भएको हो ।
वीरेन्द्रनगर ७ इत्राममा निर्माणाधिन मुख्यमन्त्री पार्कमा मुख्यमन्त्री यामलाल कंडेलले वृक्षारोपण गरेर असार १४ गते अभियानको सुरु गर्ने भएका हुन ।
उनका अनुसार वीरेन्द्र नगरमा प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तरगत २ हजार २२२ ओटा बिरुवा संरक्षणको सुनिस्चितता सहित वृक्षारोपण गरिने भएको हो ।
जसमा गुलमोहर, कल्की फुल, बिरेन्द्र फुल, निम, कपुर, स्वामी, पारिजात र तेजपत्ता, रुद्राक्ष लगायतका धार्मिक तथा सौन्दर्यमुलक प्रजातिहरुका विरुवा रोपने छन् । यी सबै विरुवा वन डिभिजन अन्र्तगतका तीन ओटा नर्सरीमा तयार भइसकेका छन् ।
यस्तै, रास्यट्री वन, सामुदायिक वनमा स्थान सुहाउँदो गिठी, सिसौ, मसला, किमु, खयरलगायत कास्ठ तथा डालेघाँसहरु रोप्ने तयारी डिभिजनको छ ।
यो वर्ष यस्ता प्रजातिका विरवा साढे तीन लाख रोपिने योजना कार्यालयको रहेको श्रेष्ठले जानकारी दिए ।
यो शीषृकमा सात लाख बजेट छ भने प्रदेश राजधानी हरियाली अन्र्तगत बजेट २० लाख रहेको छ ।
उनका अनुसार छिन्चु, बिरेन्द्रनगर, दशरथपु र सिम्तामा विरुवा तयारी अवस्थामा रहेका छन् ।
उनले अन्य नागरिकले पनि विरुवा रोप्न चाहेको खण्डमा सम्वन्धित वन कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिए ।
कृषकले वा विरुवा रोप्न चाहने व्यक्तिले निवेदन दिनुपर्नेछ । विरुवाको भने कूनै पनि मुल्य नपर्ने र कार्यालयले निःशुल्क रुपमा उपलब्ध गराउने उनको भनाई थियो ।
पहिलोप्रेस
१२ असार २०८२, बिहीबार ०८:३०