अब लाईसेन्सको म्याद दश वर्ष हुने
सुर्खेत । अब सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को म्याद १० वर्षसम्म कायम रहने भएको छ । केहि नेपाल ऐन संशोधनमार्फत सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको छ । यस अघि ५ वर्षसम्म मात्रै म्याद कायम रहने व्यवस्था थियो ।
यस्तै जाँचपाँचसको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक वर्षसम्म र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ ।
पहिलोप्रेस
१६ श्रावण २०८२, शुक्रबार १६:४०