यस्तो बन्दैछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग (तस्बिरहरु)
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ ।
अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१/८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेशन सहित) रहेको छ ।
आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्व ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेश्की रु १ अर्व ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की दिइएको रकम रु ९.८१ करोड सहित कुल २ अर्व ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्व ९७ करोड रहेको छ ।
नमूना सडक बन्दै लेनडाँडा खण्ड
काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसका कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्यूब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भई रहेको छ । त्यस्तै गरी ५ वटा कलभट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।
सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी सुपरस्टक्चर निर्माणको काम थालिएको छ भने काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।










तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी ।
पहिलोप्रेस
१७ श्रावण २०८२, शनिबार ०८:२१