Loading... आजः २ कार्तिक २०८२, आईतवार

पत्रकार देखि मन्त्रीसम्म घनश्यामको यात्राः द्वन्द्वकालमा कर्णेलको ‘सञ्चारसेट’ प्रहारबाट धन्न बाँचेका थिए

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ।

सुर्खेत । दैलेख जिल्लाको दुल्लु नगरपालिका पहिले दैलेखको सदरमुकाम थियो । हाल दैलेख बजारमा रहेको सदरमुकामलाई दैलेखका छट्टु नेताले रातारात चोरेर दैलेख बजारमा सदरमुकाम सारिदिएका थिए ।

त्यही दुल्लु गाविस, हालको दुल्लु नगरपालिकामा जन्मेका घनश्याम भण्डारी हाल प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको भूमिकामा छन् । उनि एमालेको गढ भनिएको क्षेत्र दुल्लुमा २०७४ सालमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेर एमालेका बरुनाथ योगि पराजित गर्न सफल बनेका थिए ।

२०७९ सालको संघ र प्रदेशको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर दुई ‘क’ बाट चुनाव लडेका घनश्याम विजयी बनेका थिए । उनि राजनीति मात्रै गर्दैनन, कविता पनि लेख्छन् । साहित्य क्षेत्रमा उनको रुचि छ । उनले एक कविता संग्रह समेत प्रकाशित गरिसकेका छन् ।

दुल्लु गाविस वडा नम्बर २ मा २०४० साल असार १४ गते जन्मिएका घनश्यामका वुवा स्वर्गीय पूर्ण बहादुर भण्डारी र आमा चन्द्र भण्डारीका ज्येष्ठ सन्तति हुन । उनका एक भाई र दुई बहिनी छन् ।

उनको पारिवारिक वातावरण राजनीतिक नै हो । उनको वुवा नेपाली काँगेसका क्षेत्री सभापति रहेकै समयमा माओवादीको आक्रमणमा परि शहिद भएका थिए ।

उनले नेरामावि किर्तिखम्बबाट एक देखि पाँच कक्षा सम्मको अध्ययन गरे भने ६ कक्षा देखि १२ सम्मको अध्ययन दुल्लुकै विजया उच्च माध्यमिक विद्यालयमा गरे । स्नातक दुल्लुमै रहेको द्रोणाचल शिक्षा क्याम्पसमा गरे भने स्नातकोत्तर नेपाली विषय लिएर मध्यपश्चिम विश्वाविद्यालयबाट पास गरेका हुन ।

२०५६ सालमा ‘फलामे ढोका’ भनेर भनिने एसएलसी परीक्षा उनले दिए । उनलाई त्यो समयमा गणित विषय लाग्यो । ‘त्यतिबेला विव्यस अध्यक्ष मेरो बुवा हुनुहुन्थ्यो । उहाँहरुले मलाई कक्षाका जान्ने विद्यार्थीहरुको बीचमा बस्ने व्यवस्था मिलाई दिनु भएको थियो । मेरो वरिपरि हाल दुल्लु नपाका प्रमूख प्रशासकीय अधिकृतमा कार्यरत तिलक विक, कर्ण रावत र रमेश खनाल थिए ।’ उनि सम्झिन्छन, ‘खनालले मलाई आफूले लेखेको गणित विषयको उत्तरपुस्तिका सार्न भनेर दिए । मैले खनाललाई झपारेर मलाई चिटचोर्ने जस्तो मानिस, भन्दै उसको उत्तरपुस्तिका नै च्यातिदिएँ ।’

त्यसपछि विद्यालयका शिक्षकले खनाललाई अर्को उत्तर पुस्तिका उपलब्ध गराई पुनः लेखाएको बताए । उतिबेला उनले गणितमा २७ नम्बर ल्याएका थिए ।

मेला जात्रामा जान खासै रुचि नदेखाउने घनश्याम २०५६ सालमा भने स्थानीय पादुका जात्रामा गएका थिए । घरको अथाराबाट मल खातमा हाम्फालेर उनि जात्रा गएको बताउँदै त्यो नै उनका लागि पहिलो र अन्तिम पटक जात्रा गएको समय थियो ।

एसएलसी पश्चात उनि काठमाडौंको आरआर क्याम्पसमा भर्ना भए । उनले त्यहाँ भूगोल र संगित विषय लिए । कक्षा ११ अर्थात पहिलो वर्ष उनले रेगुलर नै पास गरे । उनको दोश्रो वर्षको पढाई चलिरहेको थियो । २०५९ साल असोज १२ गते उनले कल्पनै नगरेको घटना भोग्नप¥यो ।

‘त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए । १२ गते देशैभरिका देउवा पक्षका सात जना क्षेत्रीय सभापतिलाई माओवादीले हत्या गरेका थिए । त्यहि हत्या भएका एक व्यक्ति मेरा बुवा थिए । १३ गते विहानै मेरो फ्ल्याट (कालिकास्थान) मा खुमबहादुर खड्का देखि पूर्णबहादुर खड्कासम्म आउनुभयो । उहाँहरुले खबर सुनेको खण्डमा केहि भइहाल्छ कि भन्ठानेर एम्बुलेन्ससमेत ल्याउनु भएको रहेछ ।’ उनले भने, ‘त्यो दिन पुरै म उहाँहरुसँगै कार्यक्रममा गएँ । साँझ मात्रै उहाँहरुले मेरो बुवा नरहेको बताउनु भयो । मलाई हेलिकप्टरमार्फत दुल्लु जान भन्नुभयो ।’

प्रज्ञा प्रतिष्ठानमा २०५९ असोज १४ गते ‘मडारिएको बादल’ कविता संग्रह विमोचन गर्ने तयारी भएतापनि उनका बुवाको हत्या भएपछि उक्त कार्यक्रम रोकयो । ‘मलाई नेताहरुले हेलिकप्टरमा जान भनेपनि म गएन ।’ उनले भने, ‘बरु काठमाडौंबाट बुद्ध एअरमा चढेर नेपालगन्ज झरें र त्यसपछि जीप रिर्जव गरेर म दैलेखको दुल्लुतर्फ प्रस्थान गरेँ ।’ उनले भने, ‘त्यसपछि १४ गते म दैलेख पुग्नै लाग्दा दैलेख जिल्ला बन्द गरेका रहेछन माओवादीले । उनिहरुले विजयोत्सव मनाउन जिल्ला बन्द गरेछन् । म दैलेखको गुराँसे सम्म मात्र पुग्न सफल भएँ । त्यसपछि त्यहाँबाट पैदल नै हिँडेर दुल्लु राती पुँगे ।’

उनी घरमा गए । घरको जेठो छोरा भएका कारण भाई बहिनी र आमालाई सम्झाउने जिम्मेवारी उनको काँधमा थियो । उनी गाउँमा माओवादी आए भनेर कसैले भनेको खण्डमा जंगलमा लुक्न जाने गर्न थाले । यो उनको दैनिकी नै बन्यो । ‘त्यतिबेलाको त्रास यस्तो थियो कि माओवादी आए भन्ने कुरा सुनेको खण्डमा जंगल गएर दिन रात नै विताउनुपथ्र्यो ।’ उनले भने,

‘त्यहि कारण हामीले वुवाको किरिया समेत गर्न सकेनौं ।’

उनका वुवाले त्यतिबेला माओवादीलाई खान बस्न दिने देखि लिएर नियमित चन्दा दिइरहेकै हुन्थे । बुवाको हत्या हुनुभन्दा अघिल्लो दिन डाँडीमाडिको एक माओवादी कार्यक्रममा उनको वुवाको इमान्दार र कर्मठ नेताको रुपमा रहेको भन्दै माओवादी नेताले भाषण गरेका थिए । त्यो भाष्ण सुनेका कारण माआवोदीले आफूलाई नमार्ने विश्वास उनका बुवामा रहेको उनको भनाई छ ।

घनश्यामको साहुवाडा बजारमा एक ठूलो पसल पनि थियो । उनको पसलमा नुन देखि सुनसम्म भनेझैं सबै सामान पाईन्थ्यो । उनका बुवाको मृत्यू भइसकेपछि केहि दिन उनले पसल सञ्चालन गर्ने कार्य गरे ।२०५९ अन्त्यतिर गाउँमा गाजस गठन गर्ने भनेर माओवादीले अभ्यास गर्न थाले । दुल्लु बाहेक अन्यत्र सबै गाविसमा भने गाउँ जनसरकार गठन भइसकेको थियो ।


‘२०६१ सालमा उनि नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष बने । त्यसपछिउनिसहितको टोलीले धमाका दैनिक प्रकाशित ग¥यो । पाँच जनाको सहकार्यमा सुरु गरिएको उक्त पत्रिकामा उनि धेरै दिन टिकेनन् । उनले द्रोणाचल साप्ताहिक भन्ने पत्रिका प्रकाशन गरे निरन्तर सात वर्षसम्म । उनको साप्ताहिक दैलेख जिल्लाका सबै विद्यालयमा उतिबेला पुग्ने गरेको थियो । त्यसपछि उनि एक कार्यकाल नेपाल पत्रकार महासंघको सचिव बने ।’


सोही समयमा एक दिन हतियारसहित माओवादीका नेताकार्यकर्ताहरु उनको घरमा आए । उनलाई गाजस प्रमूख हुन कर गर्न थाले । त्यसपछि शौचालय जाने निहुँ बनाएर उनि घरबाट सुर्खेतका लागि भागे ।

उनि दुल्लु देखि तल्लो डुंगेश्वरसम्म राती हिडेरै आए । विहान उनि सुर्खेत जाने बसमा चढे । त्यहाँ कम्व्या ड्रेस लगाएका एक माओवादी सेनाले उनीसँग सिफारिस मागे । त्यतिबेला एक गाउँबाट अर्को गाउँ जान पनि सिफारिस माग्थे माओवादीले, नदिए जनअदालतमा गेर ‘कारवाही’ गर्नेगर्थे ।

‘म बसको छतमा चढें । त्यो माओवादी सेना पनि बसको छतमै आयो । मँसग मात्रै होईन, एक विरामी महिलालाई ती यूवाले गाडीमा चढनै दिएनन । त्योृ देखेर उनलाई रिस उठिरहेको थियो । उनले बसको छतमै रहेको समयमा ती यूवालाई मार्ने उदेश्य राखेर मुक्का प्रहार गरे । तर ती युवा डोरी समातेर बाँच्न सफल भए ।

‘त्यसपछि त्यो बस बड्डीचौर पुग्यो । मलाई समात्न भनेर माओवादीले बस घेरे । किन आक्रमण गरेको देखि सिफारिस किन नल्याएको भनेर उनिहरुले जनअदालतमा प्रश्न सोधे ।’ उनी भन्छन्, ‘मैले ती यूवाको कर्तुत पनि भनें, दुल्लुमा गाजसगठन नभएका कारण कहाँबाट सिफारिस ल्याउने भनेर भनेपछि उनिहरुले मलाई त्यहाँबाट जान दिए ।’
उनले २०६० मा काठमाडौं पुगेर पत्रकारिता गर्न सुरु गरे । द्धन्द्धपीडितहरुका पक्षमा काम गर्ने संस्था नागरिक आवाजसँग पनि उनि जोडिए । उनले आइतबार, विहीबार शनिबार संस्थाको कार्यक्रम सञ्चालन गर्ने र सहजिकरण गर्ने काम गर्न थाले । त्यतिबेला अधिकृतको तलब २४ सय भएपनि उनले भने मासिक १८ हजार कमाउन थाले ।
‘त्यतीबेला मैले चाहेको भए अनामनगरमा एक लाखमै घर किन्न सक्थेँ, तर दुल्लु मै केहि गर्ने सपना देखेका कारण मैले घरजग्गा खरिद गरेनँ ।’ उनले भने ।

काठमाडौंमा रहँदा उनि दैलेखी समाजको सचिव पनि बने । त्यसपछि उनको दैनिक कार्य बदलियो । विरामी भेटने देखि शसस्त्र द्वन्द्वमा परि ज्यान गुमाउनेहरुका शवहरु हेलिकप्टरमा राखेर गाउँ गाउँ पठाउने काम सम्म गर्न थाले ।

काठमाडौंमा त्यतिबेला विद्यार्थी आन्दोलन भइरहने गरेको बताउँदै राजाको कदमका विरुद्ध भएको आन्दोलनमा आफू प्रहरीको ट्यांकर मुनि छिरर ज्यान जोगाउन सफल भएको उनले सुनाए ।

२०६१ सालमा दुल्लु विद्य्रोह भयो । माओवादीको ज्यादती भएको भन्दै त्यहाँ माओवादी विरुद्ध आन्दोलन भएको थियो । त्यहिबेला उनि गाउँ फर्किए । जिल्ला सदमुकाममा उनि १०ओटा काठा भाडामा लिएरबस्न थाले । उनिीसँग अरु ३४ जना सँगै बस्ने र सँगै हिडने गर्थे । उनीहरु सबैको खर्च भण्डारी आफैंले उठाउँथे ।

२०६१ सालमा उनि नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष बने । त्यसपछिउनिसहितको टोलीले धमाका दैनिक प्रकाशित ग¥यो । पाँच जनाको सहकार्यमा सुरु गरिएको उक्त पत्रिकामा उनि धेरै दिन टिकेनन् । उनले द्रोणाचल साप्ताहिक भन्ने पत्रिका प्रकाशन गरे निरन्तर सात वर्षसम्म । उनको साप्ताहिक दैलेख जिल्लाका सबै विद्यालयमा उतिबेला पुग्ने गरेको थियो । त्यसपछि उनि एक कार्यकाल नेपाल पत्रकार महासंघको सचिव बने ।

त्यसपछि उनि असल सासन युवा क्लवको जिल्ला सचिव बने । ग्रामीण विकास संस्थामा काम गर्न थाले भने मध्यपहाड म्यागेजिनको उनि प्रकाशक सम्म बन्न भ्याए । त्यसका अलावा हाल महालेखा परीक्षकको कार्यालयले गर्ने काम जस्तै दैलेखका सबै गाविस र नपामा जिल्ला विकास समिति मार्फत काम गर्न थाले ।

‘कुरा २०६२÷०६३ को जनआन्दोलनको हो । हामी प्रेसको ज्याकेट लगाएर आन्दोलन गर्न जान्थ्यौं । आफू पत्रकार भएका कारण राज्यपक्षबाट खतरा भएपनि त्यति धेरै हुन्थेन ।’ उनि भन्छन, ‘दुल्लु विद्रोह पछि सरकारले दुल्लुमा क्षति भएका संरचना पुर्ननिर्माण गर्न भनेर तीन करोड रुपैंया विनियोजन गरेको थियो । त्यो रुपैंयामा कर्णेल नयनराज दाहालले भ्रष्टाचार गरेको भनेर असल सासनमा समाचार प्रकाशित गराएँ भने रेडियोबाट कार्यक्रम नै तयार गरेर बजाएँ । त्यो थाहा पाएपछि कर्णेलले जिल्ला प्रशासन कार्यालयमा छलफल गर्न प्रमूख जिल्ला अधिकारीमार्फत बोलाए । म त्यहाँ गएँ । म त्यहाँ पुगेर कुरा भइरहेको समयमा एक्कासी आवेशमा आएर कर्णेलले सञ्चारसेट म माथि नै प्रहार गरे । धन्न मैले टाउको निहु¥याएँ । त्यो सेट भित्तामा यसरी बजारियो गहिरो डोव नै बन्यो । त्यसपछि प्रमूख जिल्ला अधिकारी खुमराज पञ्जालीले मलाई जोगाए । मलाई त आज नै अन्तिम दिन हो जस्तो लागिसकेको थियो ।’

उनि नेपाली काँग्रेसको क्रियाशील सदस्य २०६१मा बने । बाह्रौँ र तेह्रौं महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित भएका घनश्याम चौधौँ महाधिवेशनमा क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भई जिल्ला सभापतिमा उनि पराजित भएका थिए ।

‘सबैभन्दा ठूलो कुरा समाजसेवा नै हो । कुनै लोभ, लासा नराखेर समाजकै लागि केहि गर्ने सोचमा छु ।’ सामाजिक विकास मन्त्रीसमेत रहेका भण्डारीले भने, ‘नगरप्रमूख हुँदा पनि कसैलाई काखा र पाखा गर्ने, रानीतिक नजरबाट हेर्ने काम गरिएन। अहिले मन्त्री हुँदा पनि त्यस्तो गर्दिन ।’
उनले नागरिकका चाहना अनुसारको काम गरेर अघि बढने बताए ।

 

 


सम्बन्धित समाचार