नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न वितरण
सुर्खेत । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले आज खाद्यान्न वितरण गरेको छ ।
कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठसहितको टोलीले देउती बज्यै मन्दिर र लाटीकोईलीमा रहेको शिव मन्दिर परिसर सरसफाई गरि शिव मन्दिरमा रहेका बाबाहरूको लागि
विभिन्न, दाल, चामल, पिठो,तेल, तरकारी लगायतका खाद्यान्न वितरण गरेको हो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका सचिव भूमिका तारमी घर्ती मगर, सह–सचिव मिना कुमारी शर्मा, सदस्य गायत्री के.सी लगायतका पदाधिकारीहरू र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
पहिलोप्रेस
१८ श्रावण २०८२, आईतवार १६:२२