Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

कर्णाली सरकारद्वारा सूचना अधिकारीलाई जवाफदेहि बनाउन अनुगमन ईकाई गठन

प्रदेश सभाको छैठौं अधिवेशन आज अन्त्य हुँदै


सुर्खेत । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको वैठकले कर्णाली प्रदेश सरकार मातहतका कार्यालयमा रहेका सूचना अधिकारीहरुलाई जवाफदेहि बनाउन तीन सदस्यीय अनुगमन ईकाई गठन गरेको छ ।

ईकाईमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रशासकीय सुधार महाशाखाको सचिवको संयोजक, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना तथा सञ्चार महाशाखाका उपसचिव सदस्य र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना अधिकारी सदस्यसचिव रहने गरी ईकाई गठन गरिएको प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले बताए ।

‘मन्त्रालय मातहतका कार्यालयबाट समयमै सेवाग्राहीले सूचना पाए नपाएको बारेमा यो ईकाईले अध्ययन गर्नेछ ।’ उनले भने, ‘सबै सूचना अधिकारीसँग समन्वय गर्ने देखि सूचना प्रवाहमा गुणस्तरीयता ल्याउन यो ईकाईले भूमिका खेल्ने सरकारको ठहर छ । सोही अनुसार यो ईकाई गठन गरिएको हो ।’

उनका अनुसार प्रदेश सभाको वर्षे अधिवेशन आज राती १२ बजे देखि अन्त्य गर्न मन्त्री परिषदको वैठकले प्रदेश प्रमूखलाई सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनलाई कामकाजका लागि उक्त मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको शाहले बताए ।

यस्तै, जुनिचाँदे गाउँकार्यपालिकाको प्रशासनिक केन्द्र जुनिचाँदे –४, लुवादहमा तोक्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ भने पत्रकारिता पुरस्कार वितरण कार्यविधि स्वीकृत गरिएको प्रवक्ता शाहीले बताए ।


सम्बन्धित समाचार