पार्टी गठन गर्दैमा, साइनबोर्ड झुण्ड्याउँदैमा, केन्द्रीय समिति छ भन्दैमा झण्डा बनाउँदैमा पार्टी बन्दैनः रिजाल
दैलेख ।
नेकपा एमााले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टी गठन गर्दैमा, साइनबोर्ड झुण्ड्याउँदैमाकेन्द्रीय समिति छ भन्दैमा झण्डा बनाउँदैमा पार्टी नबने बताएका छन् । नेकपा एमाले दैलेखले आयोजना गरेको जिल्ला भेलालाई सम्वोधन गर्दै उनले त्यसकालागि पार्टीको विचार धारालाई संगठनको आधारमा उभ्याउन सकेको खण्डमा मात्रै पार्टी बन्ने प्रतिक्रिया दिए ।
‘पार्टी बन्ने भनेको कार्यकर्ताकै सत्रिलयता नै हो । हामी जति सक्रिय हुन्छौं, जति त्रियाशील हुन्छौं, हामीले जति आफ्नो पहलकदमी लिन्छौं, जनतालाई संगठित बनाउन सक्छौं, साथै आफूलाई आफ्नो समूदायको नेताको रुपमा आफूलाई उभ्याउन सक्छौं तबमात्रै पार्टी बनाउन सक्छौं ।’ उनले भने, ‘तपाईहरु अहिले जता जानुस, जहाँ जानुस साँझ घरै आउनहुनेछ । आज सत्ताको ताप र रापको बलमा ल्याइएको अध्यादेश र त्यसभित्र बुनिएको तानाबानाले नेकपा एमालेलाई कमजोर बनाएको भान पर्न सक्छ । म दाबीका साथ भन्छु, जब विस्तारै निर्वाचन आउनेछ, जब विस्तारै नेपाली काँग्रेसले आफ्नो महाधिवेशन सम्पन्न गर्नेछ ।
देशमा निर्वाचनको माहौल बन्नेछ । हामीलाई छोडेर जानेहरु या पार्टी बनाउनेहरुको उपादेयता सकिनेछ ।’ पछिल्लो समयमा काँग्रेसले एमालेबाट गएकाहरुलाई माया गरेको भनेको गैंडाले माया गरेजस्तो भएको बताए । गैंडाले विस्तारै माया गरेर चाटेर रगत निकाल्ने गरेको बताउँदै उनले रगत चाटेपछि मात्रै थाहा पाउने परिणति उनीहरुले भोग्ने बताए ।
पार्टी भित्र अन्तर विरोध हुने भन्दै अन्तविरोध हुँदैमा पार्टी फोडै जानु गलत भएको उनको भनाई थियो । ‘पार्टीभित्र अन्तरविरोध हुन्छ । अन्तरविरोध भयो भन्दैमा पार्टी फूटाल्दै हिडने कुरा राम्रो भएन ।’ उनले भने, ‘आज वीस प्रतिशतको आधारमा पार्टी फूटाल्नेहरुको पनि महाधिवेशन होला । त्यो पार्टीमा पनि कसैले बीस प्रतिशत ल्याउला । त्यसले पनि पार्टी फूटालेको खण्डमा पार्टी कहाँ रहला ?’
नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढाले धेरै जना कार्यक्रममा नआएको बताउँदै उनीहरुपनि विस्तारै आउने बताए । उनले दश जना नेताले व्यक्ति भन्दा पनि नीति प्रधान ठान्दै सहि निणर्य गरेको बताए । पार्टीलाई एकताबद्ध बनाउनकालागि आफुहरु तयार रहने बताउँदै गुटको कुरा गर्न नहुने बताए । वडा तहसम्म गुटबन्दी पुगेको बताउँदै गुटबन्दीले नै पार्टिलाई क्षति पुगाएको उनको भनाई थियो । पार्टी भनेको जीवन भएको बताउँदै यो जीवन पद्धतीलाई कसरी राम्रो बनाएर लैजाने भन्ने बारेमा सोच्नुपर्ने उनको भनाई थियो ।
पहिलोप्रेस
१६ भाद्र २०७८, बुधबार १६:१४