Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

कर्णालीवासीका निम्ति भदौ चार गते सधैँभरि सम्झिने दिन होः मुख्यमन्त्री कंडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले कर्णालीवासीले सधैंभरि सम्झिने दिनको रुपमा भदौ चार गतेलाई लिएको बताएका छन् ।

आज सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर आयोजना म‌गलगढी चाेकमा गरिएको वृहत सरसफाई कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कंडेलले यस्तो बताएका हुन ।

उनले सरकारले प्रदेश स्थापना दिवस चार गते भएको भएपनि आज, भोली रपर्सी विविध कार्यक्रम गरि यसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको बताए ।
उनले सरसफाई महत्वपूर्ण भएको बताउँदै यसकालागि आवश्यक जनचेतना जगाउने काममा सबैको सहभागिता हुनुपर्नेमा जोड दिए ।

‘आफ्नो घर अगाडीको घरआँगन सफा राखेमा बाहिरबाट आउनेहरु पनि खुशी हुन्छन्, हामीलाई फोहोरका कारण लाग्नसक्ने रोग पनि लाग्दैन ।’ उनले भने, ‘घर भित्रको फोहोर सडकमा थुपार्ने काम राम्रो होईन, सबैले फोहोरलाई व्यवस्थित रुपमा संकलन गर्ने र फोहोर फाल्ने स्थानमा मात्रै फाल्ने कार्यमा लाग्न जरुरी छ ।’

उनले शहर स्वस्थ राख्न सके वातावरण स्वस्थ हुने र त्यसले मानवजीवनलाई स्वस्थ राख्ने बताए ।

सरसफाई कार्यक्रममा सुरक्षा निकायका प्रमूख एवम प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमूख् निलकण्ठ खनाल, संघका अध्यक्ष हर्ष बिक्रम खडकालगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार