सूचना नलुकाउनुहोस, समयमै दिनुहोसः मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा रहेका सूचना अधिकारीलाई कार्यालयको अन्य कामको वोझ कम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजना गरिएको राष्ट्रिय सूचना दिवस २०८२, सूचनाको हकको प्रवृद्धन र कार्यान्वयन विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कार्यालयले सूचना अधिकारी तोक्ने गरेको भएपनि उसको कार्य जिम्मेवारी बढी भएको हुँदा नागरिकले समयमै सूचना पाउन नसकेको बताएका हुन ।
‘सूचना सरकारी कार्यालयले दिदँैनन भन्ने गुनासो छ, यसलाई सूचना दिएर चिर्नुहोस । जति सूचना लुकाउन खोज्नुहुन्छ, त्यति नै खोजी हुन्छ ।’ मुख्यमन्त्री कँडेलले भने, ‘हामीसँग लुकाउनुपर्ने कुनै सूचना छैनन । लुकाउनुपर्ने कुनै चीज नै छैन भने सूचना दिन आनाकानी किन गर्ने ?’
उनले कार्यालयमा अहिलेपनि फाईल नै नभेटिने समस्या भएको बताउँदै अब प्रविधिको प्रयोग गरेर फाईल नहराउने वातावरण तयार गर्न निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव पुष्पराज शाहीले समयमै सहि सूचना प्रदान गर्न सकेको खण्डमा उक्त सूचनाले नागरिकलाई अवसर प्रदान गर्ने बताए ।
उनले सूचना आगोको झिल्को भएको बताउँदै तोडमोड गरि दिए खतरा तथा सहि सूचना दिए अवसरको ढोका हुने बताए ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी, कृष्ण खरेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमलगायतको सहभागिता रहेको थियो ।
पहिलोप्रेस
३ भाद्र २०८२, मंगलवार १३:४७