BREAKING ! प्रदेश अस्पताल सुर्खेतको निर्देशक आज नियुक्ति गरिने
सुर्खेत । आर्थिक बर्ष २०८२/०८३ सुरु भए सङ्गै रिक्त रहेको प्रदेश अस्पतालको निर्देशक भदौ ४ गते (आज) बुधबार दिउँसो बस्ने मन्त्रीपरिसदको बैठकले टुङ्गो लगाउने भएको छ ।
सामाजिक बिकास मन्त्रालयले बुधबार मुख्यमन्त्री तथा मन्त्री परिसदको कार्यालयमा निर्देशकमा नियुक्तिको लागि हाल निमित्त निर्देशक रहेका डा गणेश थापासहित तीन जनाको नाम सिफारिस गरि पठाएको थियाे।
सोही नामबाट बैठकले एक जना निर्देशक चयन गरि नियुक्त गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयले सिफारिस गरेका थप दुई जनाबारे स्रोतले जानकारी दिन चाहेन ।
पहिलोप्रेस
३ भाद्र २०८२, मंगलवार १७:४९