Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

BREAKING: प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त

नवनियुक्त निर्देशक भन्छनः अस्पतालमा विशिष्टिकृत सेवा प्रदान गर्छौँ


सुर्खेत । कर्णाली प्रदेशका लाखौंँ जनताले स्वास्थ्य सेवा लिने प्रदेशको महत्वपूर्ण संस्था प्रदेश अस्पताल कालागाउँको निर्देशकमा डा. गणेश थापा नियुक्त भएका छन् ।

विगत १९ वर्षदेखि अनवरत रुपमा कार्यरत रहँदै आएका डा. थापा यसअघि प्रदेश अस्पतालमा दुई पटक निमित्त प्रमूख हुँदै काम गरिसकेका छन् ।

अहिले जारी रहेको मन्त्रीपरिषदको वैठकले उनलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले  पहिलोप्रेसलाई जानकारी दिए ।

यता, प्रदेश अस्पतालको निर्देशकको रुपमा नियुक्त भएसँगै पहिलोप्रेससँग कुरा गर्दै डा. थापाले अस्पतालमा भौतिक संरचना पर्यााप्त रहेको बताए ।

‘अस्पतालमा भौतिक संरचनाहरु पर्याप्त छन् । अब ती भौतिक पूर्वाधारहरुको अधिकतम प्रयोग गर्ने र अस्पतालबाट सेवाग्राही कर्णालीका नागरिकलाई विशिष्टकृत उपचार सेवाहरु थप गर्ने मेरो योजना छ ।’

उनले आधिकारिक रुपमा पत्र नपाईसकेको बताउँदै त्यसपछि सबैको राय सुझाव र सल्लाह लिई प्रदेश अस्पतालको सेवामा गुणस्तरीयता कायम गर्ने बताए ।

‘विगतमा अस्पतालबाट जे जति पनि गुनासा आउँथे, ती गुनासालाई कसरी सम्वोधन गर्ने भन्ने बारेमा योजना बनाउनेछु ।’ उनले भने, ‘आगामी दिनमा प्रदेश अस्पतालको सेवाबाट कोही पनि नागरिकले खिन्नता प्रकट नगरुन र उपचारमा आएका नागरिक हाँसी हाँसी स्वस्थ भएर फर्किउन भन्ने मेरो चाहना हो । यसलाई पूर्णता दिन सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढछु ।’


सम्बन्धित समाचार