Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

केन्द्रबाट सरुवा भइ आएका सचिवलाई मन्त्रालयमा खटाउने अधिकार पाए मुख्यमन्त्रीले

यस्ता छन, आजको मन्त्रीपरिषदका तीन निर्णय
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह ।

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले संघीय सरकारबाट प्रदेश मन्त्रालयका सचिवको रुपमा सरुवा भई आएका कर्मचारीहरुलाई सम्वन्धित मन्त्रालयमा खटाउने भएका छन् ।

आज बसेको मन्त्रीपरिषदको वैठकले संघीय सरकारले प्रदेश सरकारकालागि यसअघि सिधै मन्त्रालयमा सचिवहरु खटाउने गरेकोमा अब भने मुख्यमन्त्री यामलाल कंडेलले नै खटाउने भएका हुन ।
सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहका अनुसार यसअघि संघीय सरकारले खटाउने सचिव सिधै मन्त्रालयमा हाजिर हुने व्यवस्था रहेको थियो ।

‘संघीय सरकारले सचीवहरु प्रदेश मन्त्रालयमा खटाउँछ, संघीय सरकारले पहिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाउँछ । पठाएका सचिवलाई सम्वन्धित मन्त्रालयमा खटाउने अधिकार मुख्यमन्त्रीलाई अधिकार प्रत्यायोजित गरि सो सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको हो ।’ उनले भने, ‘यसका अलावा आजको वैठकले प्रदे्श अस्पताल कालागाउँको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गर्ने निर्णय भएको छ ।’

यस्तै, आजको वैठकले उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रम (आरएच भिएपी) को अस्थायी सांगठनिक कर्मचारी संरचना स्वीकृत गरेको छ । ‘यो परियोजना आइफर्ट र एडिवी, संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सात वर्षका लागि कर्णाली प्रदेशका ३१ ओटा पालिकामा सञ्चालन हुनेछ ।’ प्रवक्ता शाहले भने, ‘भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत रहने यो परियोजनामा मन्त्रालयबाटै स्थायी कर्मचारी खटाईने छ । यसको मुख्य कार्यालय वीरेन्द्रनगरमा रहनेछ भने करिडोर कार्यालयको रुपमा जुम्ला र जाजरकोटमा रहने निर्णय भएको छ ।’

 


सम्बन्धित समाचार