Loading... आजः १ कार्तिक २०८२, शनिबार

भिडिओ बनाउन रुचि छ ? सम्पदाको भिडिओ बनाउनुस्, पुरस्कार लैजानुस्

कर्णाली प्रदेशको मूर्त संस्कृति जस्तैः पुरातात्विक संरचना, मन्दिर, गुम्बा, परम्परागत घर, मूर्तिकला, धार्मिक सम्पदा, पर्यटकीय सम्पदा, जलसम्पदा आदि र अमूर्त संस्कृति जस्तैः मेला, पर्व. जात्रा, देवीदेवताका पैठ, लोकगीत, लोकनृत्य, लोककथा, रीतिरिवाज, मौखिक इतिहास, संस्कारकर्म, मागल, धमारी, ढटाह, आदिको श्रव्यदृश्य सामग्री निर्माण गरी पुरस्कार प्राप्त गर्न सकिने जनाईएको छ ।


सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका मुर्त र अमुर्त सम्पदाको भिडिओ बनाउन चाहने युवाका लागि खुशिको खबर सार्वजनिक गरेको छ ।

प्रदेश सरकार अन्र्तगतको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै त्यस्ता सम्पदाको भिडिओ बनाउने युवालाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम ल्याएको बताएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षभरिमा यो कार्यक्रम लागू हुनेगरी सूचना मार्फत भिडियो निर्माण गर्न आव्हान गरेको हो ।

भाषा, कला, संस्कृति समेत कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयले कर्णालीका मूर्त र अमूर्त संस्कृति सम्पदाहरूको अभिलेखिकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो निर्माण गर्न आव्हान गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

उनका अनुसार मासिक रूपमा उत्कृष्ट भिडियो छनोट गरी नगद रु १५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ । वर्षभरिमा निर्माण भएका भिडियोहरूमध्येबाट सर्वोत्कृष्ट छनोट गरी नगद रू. ३५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न पाँच विधामा प्रति विधागत भिडियोको नगद रु २० हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।

कर्णाली प्रदेशको मूर्त संस्कृति जस्तैः पुरातात्विक संरचना, मन्दिर, गुम्बा, परम्परागत घर, मूर्तिकला, धार्मिक सम्पदा, पर्यटकीय सम्पदा, जलसम्पदा आदि र अमूर्त संस्कृति जस्तैः मेला, पर्व. जात्रा, देवीदेवताका पैठ, लोकगीत, लोकनृत्य, लोककथा, रीतिरिवाज, मौखिक इतिहास, संस्कारकर्म, मागल, धमारी, ढटाह, आदिको श्रव्यदृश्य सामग्री निर्माण गरी पुरस्कार प्राप्त गर्न सकिने जनाईएको छ ।

यीमध्ये मेला, पर्व, जात्रा, देवीदेवताका पैठ सम्बन्धी भिडियोहरू मासिक प्रतिस्पर्धाका लागि समावेश गरिनेछन्। यसबाहेकका भिडियोहरू मध्येबाट सर्वोत्कृष्ट र विधागत रूपमा उत्कृष्ट छनोट गरिने छ ।

स्वस्फूर्त जोकोहीले भिडियो बनाएर आफ्नो युटुव च्यानल मार्फत प्रसारण गरी सोको लिंक मन्त्रालयले उपलब्ध गराएको ईमेल ठेगाना पठाउन सकिने युवा तथा खेलकुद महाशाखाले जानाएको छ।

महाशाखाका अनुसार भिडियो ५ देखि १० मिनेटसम्ममा पूर्ण परिचयात्मक तथा स्पष्ट सन्देशयुक्त हुनुपर्नेछ भने प्रचलित कानून बमोजिम प्रतिलिपी अधिकार प्राप्त भएको हुनुपर्ने शर्त राखिएको छ ।

भिडियो यसमा पठाउन सकिनेछ: mosdvideo@gmail.com


सम्बन्धित समाचार