यातायात कार्यालयमा अब हरेक काउन्टर धाउन नपर्ने, एकै काउन्टरबाट सबै सेवा पाइने
सुर्खेत । यातायत व्यवस्था कार्यालय सुर्खेतको सेवाप्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन एकल बिन्दु सेवा प्रवाह (One Stop Service Delivery – OSSD) प्रणाली लागू गरिने भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयलाई छनोट गर्ने निर्णय गरेको छ ।
एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट सेवा ग्रहीलाई सम्पूर्ण यातायात सम्बन्धी सेवा प्रवाह हुनेछ । हालसम्म सवारी साधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारी साधन जाचपास, सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने छैन ।
यो सेवा लागु भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्नेछ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले बैठकमा सम्बोधन गर्दै यो सेवा सञ्चालन भएसँगै आम नागरिकले यातायात सम्बन्धी सेवा लिनका लागि अनावश्यक रुपमा हुने ढिलाइ कामि हुने बताए ।
एकल विन्दु सेवा केन्द्र सञ्चालन भए सँगै एकै स्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास व्यक्त गरे । यस अन्तर्गत प्रारम्भिक चरणमा यातायात व्यवस्था कार्यालय सुर्खेतलाई छनौट गरिएको छ ।
यस निर्णयसँगै यातायात कार्यालय सुर्खेत कार्यालयले दिने सेवा प्रवाह सहज, छरितो र प्रभावकारी हुनेछ । बैठकले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत गत आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम तथा बजेटको समीक्षा, आ.व. ०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटका बारेमा बैठकका सदस्यहरुलाई जानकारी गराइयो र प्रभावकारी कार्यक्रम कार्यान्वयनका लागि सदस्यहरुवाट प्राप्त सुझावहरुलाई कार्यान्वयन, आ.व. ०८२/८३ को स्वीकृत PASIPB को प्रभावकारी सञ्चालनको लागि बनाइएको कार्यक्रम सञ्चालन तथा कार्यान्वयन मार्गदर्शन २०८२ लाई स्वीकृत, प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमलाई प्राविधिक रुपमा सहायता प्रदान गर्न प्रदेश प्राविधिक सहायता समिति गठन, प्रदेश कार्यालयमा एकल बिन्दु सेवा प्रवाह (OSSD) संयन्त्र स्थापनाका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतलाई छनौट लगाएतका निर्णय गरेको छ ।
पहिलोप्रेस
१८ भाद्र २०८२, बुधबार ११:४३