Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

जेन–जी आन्दोलनले पारेको क्षतिको प्रारम्भिक मूल्यांकन गर्दै प्रदेश प्रहरी

५५ नीजि घर तथा कार्यालयमध्ये २२ संरचना ध्वस्त, सुर्खेतका धेरै (हेर्नुहोस विवरण)


सुर्खेत । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले कर्णालीका दश जिल्ला मध्ये तीन जिल्लामा जेन–जी आन्दोलनका कारण बढी क्षति भएको विवरण संकलन गरेको छ ।

आन्दोलनका कारण भदौ २३ र २४ गते विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयहरुमा भएको क्षतिको प्रारम्भिक अध्ययन सम्पन्न गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालका अनुसार आन्दोलनका कारण सुर्खेत जिल्लाका २२ ओटा घर, पार्टी कार्यालय, संघीय कार्यालय, प्रदेश र पालिका कार्यालयहरु पूर्ण रुपमा ध्वस्त भएका हुन ।

यस्तै, जिल्लामा आंशिक क्षति भएका यस्ता कार्यालयहरुको संख्या पनि २२ नै रहेको छ भने सामान्य क्षति भएका कार्यालयहरुको संख्या तीन ओटा रहेको छ ।
यस्तै, जुम्ला जिल्लमा आंशिक क्षति भएका कार्यालयको संख्या ४ रहेको छ भने मुगुमा आंशिक क्षति भएका कार्यालयको संख्या दुई रहेको छ ।

यस्तै, कर्णालीका यी तीन जिल्लामा कुल ८० ओटा सवारी साधनमा क्षति पुगेको छ । सुर्खेत जिल्लामा रहेका सरकारी साधनहरु तीन पांग्रे ११ पूर्ण क्षति भएका छन भने १४ ओटा आंशिक रुपमा क्षति भएका छन् । दुई पांग्रे सवारी साधन २२ ओटा पूर्ण क्षति भएका छन् भने ७ ओटा आंशिक क्षति भएका छन् । जिल्लामा निजी दुई ओटा तीन पांग्रे र दुई पांग्रे पाँच ओटा पूर्ण रुपमा क्षति भएका छन भने एक ओटा आंशिक क्षति भएको हो ।

यस्तै, जुम्ला जिल्लामा रहेका सरकारी साधनहरु तीन पांग्रे ७ ओटा आंशिक रुपमा क्षति भएका छन् । दुई पांग्रे सवारी साधन ६ ओटा पूर्ण क्षति भएका छन् भने ५ ओटा आंशिक क्षति भएका छन् ।

यस्तै, सुर्खेतमा डा. डम्मर खड्काका दुर्य गाडी जलाइएको छ भने अन्य पाँच जनाको दुई पांग्रे पूर्ण रुपमा क्षति भएका हुन ।

मानवीय तथा भौतिक संरचनाको क्षतिको जिल्लागत संख्यात्मक विवरण  
संघिय सरकारी कार्यालय
सि.नं जिल्ला संघिय सरकारी कार्यालयको नाम र ठेगाना क्षति (पूर्ण/आंशिक) क्षतिको कारण (आगजनी तोडफोड) कै
सुर्खेत अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वी.न.न.पा.७ सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत नापि कार्यालय वी.न.न.पा.७ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत उच्च सरकारी वकिल कार्यालय वी.न.न.पा.७ सुर्खेत सामान्य आगजनी तथा तोडफोड
सुर्खेत जिल्ला को.ले.नि.कार्यालय वी.न.न.पा.७ सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय
आयोजना कार्यालय वी.न.न.पा. ७ सुर्खेत
सामान्य आगजनी तथा तोडफोड
सुर्खेत गुर्भाकोट वडा नं.९ सुर्खेत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय हाल वी.न.न.पा. ७ सामान्य तोडफोड ३१ गते थप
प्रादेशिक कार्यालयहरु
सि.नं जिल्ला प्रदेश सरकारी कार्यालयको नाम र ठेगाना क्षति (पूर्ण/आंशिक) क्षतिको कारण (आगजनी/तोडफोड) कै
सुर्खेत माननिय मुख्यमन्त्री कार्यालय वी.न.न.पा.७ सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत मुख्यन्याधिवक्ताको कार्यालय वी.न.न.पा.७ सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत कर्णाली प्रदेश सभाहल वी.न.न.पा.७ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत माननिय मुख्यमन्त्री निवास कार्यालय वी.न.न.पा.७ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत प्रदेश को.ले.नि.कार्यालय वी.न.न.पा.७ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका मा.मन्त्रीज्युको सरकारी निवास पुर्ण आगजनी/तोडफोड/चोरी
सुर्खेत उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय वी.न.न.पा.७ सुर्खेत आंशिक तोडफोड/ढुङ्गामुढा
जिल्ला तथा स्थानीय कार्यालयहरु
सि.नं जिल्ला जिल्ला तथा स्थानीय सरकारी कार्यालयको नाम र ठेगाना क्षति (पूर्ण/आंशिक) क्षतिको कारण (आगजनी/तोडफोड) कै
सुर्खेत जिल्ला समन्वय समितिको कार्यालय वीन.न.न.पा.८ सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत वीरेन्द्रनगर न.पा.को.कार्यालय वी.न.न.पा.८ सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत सिटिहल वी.न.न.पा.६ सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत वी.न.न.पा १ नं. वडा कार्यालय  सुर्खेत आंशिक आगजनी तथा तोडफोड
सुर्खेत वी.न.न.पा २ नं. वडा कार्यालय  सुर्खेत पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत वी.न.न.पा ३ नं. वडा कार्यालय  सुर्खेत पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत वी.न.न.पा ४ नं. वडा कार्यालय  सुर्खेत पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत वी.न.न.पा ५ नं. वडा कार्यालय  सुर्खेत पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत वी.न.न.पा ६ नं. वडा कार्यालय  सुर्खेत पुर्ण आगजनी तथा तोडफोड
१० सुर्खेत वी.न.न.पा ७ नं. वडा कार्यालय  सुर्खेत आंशिक आगजनी तथा तोडफोड
११ सुर्खेत वी.न.न.पा ८ नं. वडा कार्यालय  सुर्खेत आंशिक आगजनी तथा तोडफोड
१२ सुर्खेत वी.न.न.पा ९ नं. वडा कार्यालय  सुर्खेत आंशिक आगजनी तथा तोडफोड
१३ सुर्खेत वी.न.न.पा १० नं. वडा कार्यालय  सुर्खेत पुर्ण आगजनी तथा तोडफोड
१४ सुर्खेत वी.न.न.पा ११ नं. वडा कार्यालय  सुर्खेत पुर्ण आगजनी तथा तोडफोड
१५ सुर्खेत वी.न.न.पा १२ नं. वडा कार्यालय  सुर्खेत आशिक आगजनी तथा तोडफोड
१६ सुर्खेत श्री कृष्‍ण तथा साधारण माध्यामिक विद्यालय वी.न.न.पा.७ सुर्खेत आंशिक तोडफोड
१७ सुर्खेत श्री हुलाक निर्देशानालय वी.न.न.पा.७ सुर्खेत सामान्य तोडफोड
१८ जुम्ला चन्दननाथ नगरपालिकाको कार्यालय, चन्दननाथ न.पा. ४ आंशिक तोडफोड
व्यक्तिगत सम्पति क्षतिको विवरण
सि.नं जिल्ला व्यक्तिको नामथर र ठेगाना क्षति (पूर्ण/आंशिक) क्षतिको कारण (आगजनी/तोडफोड) सम्पत्तिको किसिम कै
सुर्खेत पुर्व उप-प्रधान तथा रक्षामन्त्री पुर्ण ब खड्का वि.न.न.पा.७ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड घर
सुर्खेत डम्मर खड्का वि.न.न.पा.७ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड घर
सुर्खेत बिष्णु खड्का वी.न.न.पा.७ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड घर
सुर्खेत बिष्णु खड्काको माया पेट्रोल पम्प वी.न.न.पा.१० सुर्खेत आंशिक आगजनी तथा तोडफोड पट्रोल पम्प
सुर्खेत कर्णाली प्रदेशका मा.मुख्यमन्त्री यामलाल कडेल वि.न.न.पा.४ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड घर
सुर्खेत वी.न.न.पा. नगर प्रमुख मोहनमाया ढकालवि.न.न.पा ८ सुर्खेत आंशिक आगजनी तथा तोडफोड घर
सुर्खेत बि.न.न.पा उपप्रमुख निलकण्ठ खनाल ऐ.८ सुर्खेत आंशिक आगजनी तथा तोडफोड घर
सुर्खेत हिमाली पुस्तकालय वी.न.न.पा.४ सुर्खेत आंशिक तोडफोड भवन
सुर्खेत वी.न.न.पा. ८ का वडा अध्यक्ष टिकाराम शर्माको घर आंशिक तोडफोड घर
अन्य संघ संस्थाको क्षतिको विवरण
सि.नं जिल्ला संघसस्थाको नाम र ठेगाना क्षति (पूर्ण/आंशिक) क्षतिको कारण (आगजनी/तोडफोड) सम्पत्तिको किसिम कै
सुर्खेत NIC ASIA बैंकको ATM वी.न.न.पा.६ सुर्खेत  पुर्ण तोडफोड बैंकको ATM
सुर्खेत सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था वी.न.न.पा.७ आंशिक तोडफोड संस्था
सुर्खेत जिल्ला रेडक्रस कार्यालय वी.न.न.पा.४ सुर्खेत आंशिक आगजनी तथा तोडफोड संस्था
पार्टी कार्यालयहरु क्षतिको विवरण
सि.नं जिल्ला पार्टी कार्यालयको नाम र ठेगाना क्षति (पूर्ण/आंशिक) क्षतिको कारण (आगजनी/तोडफोड) सम्पत्तिको किसिम कै
सुर्खेत एमाले पार्टि कार्यालय वी.न.न.पा.६ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत नेपाली कांग्रेस पार्टी कार्यालय  वी.न.न.पा.६ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत माओबादी के.पार्टी कार्यालय वी.न.न.पा.६ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत रा.प्र.पा.पार्टी कार्यालय वी.न.न.पा.६ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
सुर्खेत राष्‍ट्रिय जनमोर्चा पार्टी कार्यालय वी.न.न.पा.६ सुर्खेत  पुर्ण आगजनी तथा तोडफोड
जुम्ला नेपाली काँग्रेसको पार्टी कार्यालय, चन्दननाथ न.पा. ४ पूर्ण आगजनी तथा तोडफोड
जुम्ला नेकपा एमाले पार्टी कार्यालय, चन्दननाथ न.पा. ४ पूर्ण आगजनी तथा तोडफोड
जुम्ला अनिल न्यौपानेको घरमा रहेको रा.प्र.पा.को पार्टी कार्यालय, चन्दननाथ न.पा. ४ सामान्य तोडफोड व्यक्तिको घरमा पार्टी कार्यालय
जुम्ला हरि श्रेष्‍ठको घरमा रहेको नेकपा माओबादीको पार्टी कार्यालय, चन्दननाथ न.पा. ५ आंशिक तोडफोड व्यक्तिको घरमा पार्टी कार्यालय
१० जुम्ला प्रेम महतको मजदुर किसान पार्टी कार्यालय, चन्दननाथ न.पा. ५ सामान्य तोडफोड व्यक्तिको घरमा पार्टी कार्यालय
११ मुगु ने.क.पा. एमालेको पार्टी कार्यालयको झ्यालका सिसाहरु तोडफोड साईन बोर्ड,ब्यानहरु झिकेर जलाएको, छाँयानाथ रारा न.पा. १ आंशिक तोडफोड तथा आगजनी
१२ मुगु नेपाली काग्रेंसको पार्टी कार्यालयको झ्यालका सिसाहरु तोडफोड गरेको र पार्टीको साईन बोर्ड,ब्यानहरु झिकेर जलाएको,
छाँयानाथ रारा न.पा. १
आंशिक तोडफोड तथा आगजनी

सम्बन्धित समाचार