एक लाख घुससहित डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्की अख्तियारबाट रंगेहात पक्राउ
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले विहीबार राती आठ बजे बिरेन्द्रनगरको मङ्गलगढी चोकबाट दैलेखमा कार्यरत एक लेखा अधिकृतलाई एक लाख रुपैंया घुससहित नियन्त्रणमा लिएको छ ।
दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई हिजो राती एक लाख रुपैंया नगदसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी धर्मराज बुढाले जानकारी दिए ।
यद्यपी उनि नियन्त्रणमा लिनुको बारेमा अख्तियारले केहि बेरमा नै विज्ञप्ती जारी गरेर थप जानकारी दिईने उनको भनाई थियो ।
पहिलोप्रेस
३ आश्विन २०८२, शुक्रबार ०८:२३