Loading... आजः २ माघ २०८२, शुक्रबार

वीरेन्द्रनगरको नगर शिक्षामा किन तालावन्दी भयो ? यस्तो छ नगरपालिकाको धारणा


सुर्खेत । कर्णालीकै सबैभन्दा विकसित नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा आज शिक्षकहरुले नगर शिक्षाको कार्यालयमा तालावन्दी गरिदिएका छन् ।

शिक्षक सरुवामा भेदभाव भएको आरोपसहित उनिहरुले नगर शिक्षामा तालावन्दी गरिदिएपछि वास्तविकता के हो भन्ने अभिरुचि नगरवासीमा देखिएको हो ।

यता, नगर शिक्षा समिति प्रमूख एवम नगरप्रमूख मोहनमाया ढकालले तालावन्दी के कारणले भएको हो, बुझ्न नपाएको बताईन ।
‘म थोरै बाहिर छु । नगर शिक्षामा तालावन्दी भएको खबर सुनेको छु । यसबारेमा बुझ्न वाँकी नै छ ।’ उनले भनिन, ‘नगपालिकासँग माध्यमिक विद्यालयको व्यवस्थापनको

अधिकार छ । हामीले दरवन्दी मिलान, प्रधानाध्यापक व्यवस्थापन, शिक्षक सरुवा जस्ता कार्य गर्न पाउँछौंँ ।’
उनले नगर शिक्षा ऐन अनुसार नै उक्त कार्य भएको दाबी गरिन ।

‘नगरसभाबाट पारित भइसकेको नगरशिक्षा ऐन छ । सोही कार्यान्वयन मात्रै गरेका हाँै ।’ उनि भन्छिन, ‘महालेखा परीक्षकले पचास जना शिक्षकलाई दिएको तलब भत्ताको वेरुजु निकालेपछि सुरुमा दरवन्दी मिलान गर्नुपर्ने बाध्यतामा नगर शिक्षा समिति परेको हो । यसमा कुनै चलखेल भएको छैन । नगरपालिका भित्रै सरुवा भएको हो । अर्थात वल्तिरका शिक्षक पल्तिर सारिएको मात्रै हुन ।


सम्बन्धित समाचार