शान्तिपूर्ण प्रर्दशनमा प्रहरीको हस्तक्षेप, वखत शाही घाईते

सुर्खेत । नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ सुर्खेतले आज नगर शिक्षा कार्यालय वीरेन्द्रनगरमा गरेको शान्तिपूर्ण प्रदर्शनमा नगर प्रहरीले हस्तक्षेप गर्दा एक जना घाईते भएका छन् ।
अभिभावकको रुपमा नगर शिक्षामा तालावन्दी गर्न गएका वखत बहादुर शाहीको संवेदनशील अंगमा नगर प्रहरी निरीक्षक राजन भट्टराईले घुँडाले हानेका पीडित शाहीले पहिलोप्रेसलाई बताए ।
‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौं । नेपाल शिक्षक संघले आयोजना गरेको तालावन्दी कार्यक्रममा अभिभावकको रुपमा म पनि पुगेँको थिएँ ।’ माया नर्सिङ्ग होममा उपचाररत शाहीले भने, ‘म माथि आक्रमण हुनुका साथै प्रहरीले हतकडीसमेत लगाइदियो । यो भनेको प्रहरीको दादागिरी हो ।’
यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी मोहन बुड थापाले भने आन्दोलनमा प्रहरी माथि हातपात गरिएको बताउँदै त्यसको अनुसन्धान भइरहेको जनाए ।








पहिलोप्रेस
१६ कार्तिक २०८२, आईतवार १५:३७