Loading... आजः २९ कार्तिक २०८२, शनिबार

नयाँ पार्टी खोले जनार्दनको जनमत रुकुममै गुम्ने, दुई तिहाई सदस्य वाम एकताको पक्षमा


सुर्खेत । कर्णालीमा नेकपा माओवादी केन्द्रको प्रभुत्वमा रहेको रुकुम पश्चिममा पार्टीका उपमहासचिव जनार्दन शर्माको पक्षमा करिब एक तिहाई सदस्य पनि नजाने देखिएको छ ।

झण्डै बीस जना केन्द्रीय सदस्य रहेको उक्त जिल्लामा यसअघि प्रभाकरको प्रत्यक्ष प्रभाव रहँदै आएको थियो । प्रभाकरले २०६४ देखि हालसम्म भएका चार ओटै प्रतिनिधि सभामा विजय प्राप्त गरेका भएपनि उनले नयाँ पार्टी खोलेको खण्डमा उनको पराजित निश्चित देखिएको हो । यद्यपी जर्नादनले नयाँ पार्टी खोल्ने हल्ला चलिरहेको भएपनि यो समाचार तयार पारुन्जेल नयाँ पार्टी खोलि भने सकेका छैनन् ।

माओवादी केन्द्र रुकुम पश्चिम स्रोतका अनुसार प्रदेश अध्यक्ष विमला केसि, केन्द्रीय सदस्य गोपाल शर्मा देखि संयोजक सचिन रोकासहित दुई तिहाई भन्दा बढी नेता कार्यकर्ता पार्टी एकताको पक्षमा देखिएका हुन ।

यद्यपी, पूर्व मुख्यमन्त्री राजकुमार शर्मा र आठबीसकोटका पुर्व नगरप्रमूख सन्देश केसिमात्रै हालसम्म जर्नादनको पक्षमा लागेको पाइएको हो ।

२०७९ को मत परिणाम
नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा २०७९ मा विजयी भएका थिए । शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका थिए ।

कुल ६० हजार ५ सय २७ मत खसेकामा शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका थिए । अन्य उम्मेदवार मध्ये स्वतन्त्र तारक केसीेले ३ हजार ५ सय ६७, राप्रपाका दिपकुमार मल्लले ७ सय ९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २ सय १४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २ सय ८ मत पाएका थिए ।

यो माथिको मतलाई हिसाब गर्ने हो भने उक्त चुनावमा नेपाली काँग्रेसले माओवादीलाई सघाएको थियो ।

‘यदि उहाँले नयाँ दल खोल्नु भयो भने उहाँ जित्न मुस्किल पर्नेछ । किनकी आधा भन्दा बढी मत अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीको पोल्टामा जानेछ भने केहि मत काँग्रेसकै हो ।’ स्रोत भन्छ, ‘यदि उहाँले नयाँ पार्टी खोल्नुभयो भने उहाँको पराजय निश्चित छ । सायद उहाँ रुकुम पश्चिमबाट चुनाव उठनुहुन्न ।’

उसो त स्रोतले दावी गरेको हिसाब हेर्ने हो भनेपनि १७ हजार सात सय ४६ मत एमालेसहित अन्यले पाएका थिए । जनार्दनको पक्षमा काँग्रेसबाट कम्तिमा पनि ४ हजार मत परेको थियो भने यदि उनले नयाँ दल खोलेको खण्डमा भने उनलाई जित्न मुस्किल मात्रै होईन, नामुमकिन देखिन्छ ।