एमालेमा फर्कन अनुमति लिन पर्दैनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमा फर्कन कुनै अनुमति लिन नपर्ने बताएका छन् ।
आज प्रेस चौतारी नेपालको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन । आउनुस् तपाईँहरूको योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिन्छ । तर सर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस् । फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन । नीति र नेतृत्वमा सहमत हुने जोकोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार नै छौँ ।’
उनले माओवादी र एकीकृत समाजवादीसहित साना दलहरुबीच हुन लागेको एकतालाई एजेन्डा र उद्देश्यहीन भनेका छन् ।
उनले एजेन्डाविहीन एकताले कुनै तागत निर्माण नहुने बताए ।
उनले भने, ‘विचारमा एकरूपता हुन्छ भने अलग बस्नुपदैन। तर विचारमा एकरूपता छैन भने आन्दोलनलाई समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यले देखाउँछ ।’








पहिलोप्रेस
१७ कार्तिक २०८२, सोमबार १५:१८