Loading... आजः ४ पुष २०८१, बिहीबार

चार किलो सुनसहित बाँकेमा दुइ पक्राउ


सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चार किलो २१.४९ ग्राम सुन सहित दुइ जनालाई आज नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीका अनुसार नेपालगंज उप–महानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट स्थित काठमाण्डौबाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं एसएचए ४३३ नं को प्लेनबाट दिउसो दुइ बजे झापा खादुनावारी गा.बि.स वडा नं. ६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गा.वि.स.वडा नं २ बस्ने वर्ष २८ को बुद्दीमान खाती सो परिणामबराबरको सुन सहित नियन्त्रणमा लिइएको हो ।

दिउसो तीन बजे नेपालगंज विमानस्थलको आगमन कक्ष वाहिर पट्टी शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको उनको भनाई छ ।

‘उनीहरुमाथि शंका लागेर सोधपुछ तथा तलासी गर्दा अमिर लगुन विश्वकर्माले लगाएको दाँया ÷वाँया जुत्तामा रहेको सुन जस्तो देखिने २÷२ विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया ÷वाँया जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने १÷१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) र बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सो झोला भित्र रहेको सुनको जस्तो देखिने तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी बरामद गरेको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको छ ।’ एसपी अधिकारीले भने ।

 


सम्बन्धित समाचार