Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीका एमाले अध्यक्षमध्ये रुकुम अध्यक्षले मात्रै दिए माधवलाई साथ

सुर्खेत ।
नेकपा एमाले विभाजन बनेसँगै कर्णालीमा एमालेको संरचना बदलिएको छ । गएको जिल्ला अधिवेशनमा सात जिल्लामा नेतृत्व जितेको माधव नेपाल समूह एमाले विभाजन भएसँगै प्रष्ट रुपमा दुइ कित्तामा विभाजित भएको छ । नेकपा एकीकृत समाजवादमिा रुकुम पीश्चमका अध्यक्ष विमल पुन मात्रै प्रष्ट रुपमा खुलेका छन् ।

‘म साथीहरुसँगको सल्लाह अनुसार नै नयाँ दलमा लागिसकेको छु । अन्य जिल्लाका साथीहरुसँग भने कुरा भएको छैन ।’ संक्षिप्त प्रतिक्रियामा अध्यक्ष पुनले भने ।

जुम्लाका अध्यक्ष तिर्थ बुढाले जुम्लामा पार्टी नफूटेको प्रतिक्रिया दिए । ‘हिजो नेपाल समुहमा म थिएँ तर अब कसरी अघि बढने भन्नेमा हामी कुराकानी गरिरहेका छौं । अहिले नै अर्को पार्टीमा जाने भन्ने छैन । हामी सबै एकै ठाउँमा छौं ।’ उनले भने, ‘हामी पार्टी विभाजनको पक्षमा छैनौं । फेरि पनि पार्टी एकता नै हनुपर्छ भन्ने मान्यता हाम्रो छ ।’

माधव नेपालसमूहमै पार्टी विभाजन हुनुभन्दा अगाडी रहेका मुगुका अध्यक्ष धर्मराज शाहीले समेत आफू एकताको पक्षमा रहेको प्रतिक्रिया दिए । यसरी हेर्दा कर्णालीका दश जिल्ला अध्यक्ष मध्ये एक जना मात्रै नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

एमालेमै रहनेहरुमा सल्यान जिल्ला अध्यक्ष गोविन्द पुन, जाजरकोटका अध्यक्ष करविर शाही, सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही एमालेमै रहेका छन् ।

दैलेखका अध्यक्ष रविन्दराज शर्मा, कालिकोटका अध्यक्ष नगिन्द्र शाही, हुम्लाका अध्यक्ष दल रावल र डोल्पाका अध्यक्ष तुलाचन्द बुढा एमालेमै रहेका छन् । यस्तै जुम्लाका तीर्थ बुढा र मुगका धर्मराज शाही पनि एमालेमै रहेका छन् ।


सम्बन्धित समाचार