१५ वर्षीया बालिकामाथि आठबीसकोट १० का वडाअध्यक्षद्धारा श्रमशोषण, छोराद्धारा जर्वजस्ती करणी
सुर्खेत ।
रुकुम पीश्चमको आठबीसकोट नगरपालिका वडा नं. दशका वडाअध्यक्ष गंगाराम चनाराले पन्ध्र वर्षीया एक नाबालिकालाई श्रम शोषण गरेको र उनका छोरा कुश्माखर चनाराले जर्वजस्ती करणी गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छिन् । इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले हिजोमात्रै पीडित बालिकाले जर्वजस्ती करणी उद्योगमा जाहेरी दिएको बताए ।
कुस्माखरका बुवा गंगाराम र आमा सुनिता चनारा विरुद्ध श्रमशोषण गरेको भन्ने उजुरी समेत बालिकाले दिएको उनले जनाए । प्रहरीले जाहेरी लिएसँगै उनको छोरा कुश्माखर फरार भएको र उसको खोजी कार्यजारी भएको प्रहरी निरीक्षक शाहीले बताउँदै गंगाराम र सुनितालाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ भइरहेको जानकारी दिए । ती बालिकाको पेटमा आठ दश हप्ताको बच्चा हुर्किरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
पीडित बालिकाले वडाअध्यक्षका कान्छो छोरा रवि भनिने पटक पटक करणी गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । उनको निवेदनमा आफलूलाई दुइ वर्ष देखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ दश हप्ताको गर्भ रहेको समेत उल्लेख गरेकी छिन् ।
वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व लिएर ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए ।
बालिकाले दिएको जाहेरी अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सन्चालिका सुनिताले आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा चारो हाल्न नियमित लगाएको उल्लेख छ ।
‘सोहि बेला कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा (रवि)ले पछाडिबाट आएर मुख थुनी जबरजस्ती करणी गरेर कहिँ कतै भनेमा मारिदिने धम्कि दिएको हो ।’ उनले जाहेरीमा लेखेकी छिन, ‘२०७७ सालको लकडाउनदेखि २०७८ को लकडाउनको बेलासम्म पटक पटक बलात्कार गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् ।’
उनले नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा भदौ १९ गतेका दिन आठबिसकोटको नगर अस्पतालमा गराईएको स्वास्थ्य जाँच गरिएको थियो । सो जाँचमा बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ ।
पीडित बालिकाले भदौ १७ गतेका दिन आफू कोठामा पढिरहेको बेला वडा अध्यक्ष गंगाराम चनाराले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै ती बालिकाले बलात्कार गर्ने रवि, वडा अध्यक्ष गंगाराम चनारा र वालगृहको सञ्चालिका सुनितामाथि हदैसम्मको कारबाहीको माग गरेर जाहेरी दिएकी हुन ।
२०७४ सालमा बालगृहमा पढ्न भनेर बसकी ती बालिका त्यो बेलामा कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित गृहमा बसिरहेका १२ जना अभिभावकबिहिन बालबालिकालाई २०७६ सालमा जनार्दन शर्माले अभिभावक बनेर बिद्यालय भर्ना गरेका थिए ।
वडा अध्यक्षले बनाएको ओखर फार्मका लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदान समेत दिएको स्रोतले जनाएको छ ।
पहिलोप्रेस
२१ भाद्र २०७८, सोमबार २०:१६