Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतमा चाउचाउ, विस्कुट दिइ १६ वर्षकी बालिकामाथि बलात्कार आरोप, नौ पक्राउ

सुर्खेत ।
इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षकी बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा नौ जनालाई नियन्त्रणमा लिएको छ ।

चौकुने गाउँपालिका घर भई हाल पञ्चपुरी नगरपालिकामा बस्दै आइरहेकी १६ वर्षीया बालिकालाई पञ्चपुरी नगरपालिकाको बाबियाचौरका विभिन्न स्थानमा बलात्कार गरिएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा ती बालिकाले हिजो मात्रै मुद्दा दर्ता गरेकी थिईन । मुद्दा दर्ता गरेसँगै बालिकाले जर्वजस्ती करणी गर्नेलाई देखाएर पहिचान गराउँदै प्रहरी निरीक्षक टेकबहादुर देउवा मार्फत नियन्त्रण लिन लगाएकी थिईन ।

इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बस काउण्टरमा काम गर्ने देखि ड्राइभरसम्म रहेका छन् । इप्रका बाबियाचौरले नौ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार पञ्चपुरी नगरपालिका वडा नं. ६ का डम्बर वादी, वडा गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र वडा नंं पाँचका प्रेमबहादुर शाहीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले आजै जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी एसपी विष्टले बताए ।

उनका अनुसार बलात्कार आरोप लागेकाहरु मध्ये केहिलाई नियन्त्रणमा लिन बाँकी नै रहेको छ । तर कति जना विरुद्ध उजुरी परेको छ भन्ने बारेमा भने एसपी विष्टले बताउन चाहेनन् ।

उनका अनुसार बालिकाको पेटमा गर्भ रहेको देखिएको छ । ‘बालिकाको पेटमा गर्भ रहेको देखिएको छ ।’ उनले भने, ‘तर कति महिनाको भन्ने खुलिसकेको छैन ।’ गर्भ रहे नरहेको जाँच गर्ने यन्त्रले पोजेटिभ देखाएको उनको भनाई थियो ।

बालिकालाई ती आरोपीले चक्लेट, विस्कुट, चाउचाउ तथा रुपैंया दिएर बलात्कार गरेको बालिकाले बताएको प्रहरीले जनाएको छ । बालिकाका वुवा आमा नभएको र उनी मामाघरमा बसिरहेको समयमा उनीमाथि यस्तो घटना घटेको हो ।

बालिकाले आफूलाई गएको असार देखि यी व्यक्तिहरुले बलात्कार गरेको आरोप लगाएकी छिन् ।


सम्बन्धित समाचार