Loading... आजः ४ पुष २०८१, बिहीबार

वीरेन्द्रनगरमा स्कुल बस सञ्चालन नहुँदा अभिभावकलाई सास्ती

कोरोना देखाउँदै बस चलाउन नाईनास्ती !


सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका भित्रका अधिकांश विद्यालयहरु सञ्चालनमा आएको एक हप्ता भन्दा बढि भएको छ । यो एक हप्तामा विद्यालयमा आफ्ना छोराछोरीलाई ल्याउन र पु¥याउन दोहोरो झन्झट भएको अभिभावकहरुले गुनासो गरेका छन् । विद्यालय बन्द भएको लामो समयपछि विद्यालय सञ्चालन मा ल्याईनु राम्रो र सुखद भएपनि अभिभावकलाई सास्ती दिने उदेश्य जस्तो देखिएको अभिभावकहरुको गुनासो छ ।

‘मेरा दुइ छोराछोरी होराइजन विद्यालयमा पढछन् । एक कक्षा तीनमा तथा छोरी कक्षा सातमा पढछिन् । म इत्राममा बस्दै आइरहेकी छु ।’ अभिभावक शान्ता शाहीले भनिन्, ‘दैनिक रुपमा चार सय भन्दा बढि अटोरिक्सामा तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । विद्यालयले बस सञ्चालन गरेको भए त्यो रकम त जोगिन्थ्यो नि ?’

उनी मात्रै होइनन्, इगरव्रिज स्कुल देखि अन्य विद्यालयमा अध्यनपन गराइरहेका अभिभावकलाई भौतिक कक्षा सञ्चालनले तनाव पैदा गरेको छ ।

‘छोरीलाई विहान सवा नौ बजे विद्यालय पु¥याउनुपर्छ । छोरालाई एक बजे विद्यालयमा पु¥याउनुपर्छ ।’ वीनपा ८ कि लक्ष्मी थापा भन्छिन्, ‘कम्तिमा विद्यालयमा तीन पटक भन्दा बढि समय जानाुपर्छ । यसले हामीलाई थप पीडा दिएको छ ।’ विद्यालयले स्कुल बस सञ्चालन गरेको भए कम्तिमा यो समस्याबाट भने आफूहरुलाई मुक्ति मिल्ने उनको भनाई थियो ।

‘स्कुल बस शुल्क भनेर हामीले मासिक रुपमा तिर्दे पनि आइरहेका छौं । विद्यालय सञ्चालनमा आएको समयमा बस सञ्चालन नगर्नु गलत हो । विद्यालयले भोली बस शुल्क भनेर माग्यो भने हामी तिर्ने पक्षमा छैनौं ।’ वीरद्रनगर ६ का टेकराज केसी भन्छन्, ‘बजार खुला छ, बसहरु चलेका छन् । अन्य साधनहरु सञ्चालनमा छन् । भीड बढेको छ तर कोरोनाको बहाना देखाएर स्कुल बस सञ्चालन नगर्नु भनेको अभिभावकलाई ठग्नु हो । यसरी ठग्न पाईदैन ।’

नीजि विद्यालयहरुले भने आफुहरुलाई प्रशासनले बस सञ्चालन गर्न अनुमति नदिएको आरोप लगाइरहेका छन् तर प्रमुख जिल्ला अधिकारी छवि रिजाल भने स्कुल बस सञ्चालन नगर्नु भनेर कसैलाई आदेश नदिएको बताउँछन् ।

‘त्यसरी बस नै सञ्चालन नगर्नु भनेर हामीले भनेका छैनौं । खै त्यस्तो निर्देशन प्रशासनबाट भएजस्तो त मलाई लाग्दैन ।’ उनले भने, ‘त्यसबारेमा के भएको हो म बुझ्छु ।’

बालरोग विशेषज्ञ डा. नवराज केसी भने विद्यालयले बसहरु सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् ।

‘टाढाबाट विद्यालयमा जाने विद्यार्थीहरु अटो रिक्सा वा अन्य साधनको प्रयोग गर्नुपर्ने बाध्यतामा छन् । यसले कोरोना संक्रमणको जोखिम बढाउने गर्छ ।’ उनी भन्छन्, ‘घरैबाट विद्यार्थीलाई सुरक्षित ल्याउने र विद्यालयकै बसले पु¥याईदिने गरेको खण्डमा यसले कोरोना संक्रमण गराउन न्यूनिकरण गर्छ ।’ उनले कोरोनाको त्रासकै कारण लामो समय विद्यालय बन्द गर्नुपर्ने अवस्था वीरेन्द्रनगरमा हाल नरहेको बताए ।

 


सम्बन्धित समाचार