मालपोत कार्यालय सुर्खेतका प्रमुख र लेखापालको मिलेमतो, नियम मिचेर आफन्त भर्ती
सुर्खेत ।
मालपोत कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जनक बहादुर हमाल, लेखापाल राजबहादुर हमालको मिलेमतोमा दुइ जना कर्मचारी राखेको पाइएको छ ।
कार्यालय प्रमुखको रुपमा रहेका हमाल र लेखापाल हमालले आफ्नै आफन्तलाई विना प्रक्रिया सोझै नियुक्ति दिएको खुलेको हो । कार्यालयमा पाँच जना कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । ती मध्ये दुइ जना करारमा कार्यरत रहेका छन् भने तीन जना दरवन्दीमा कायृरत छन् । तर निमित्त कार्यालय प्रमुख जनकबहादुर हमालले आफ्नै भाई नाता पर्ने प्रकाश शर्मालाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका छन् तर उनलाई हालसम्म हाजिरी गर्न भने दिएका छैनन् ।
हमालले भाई नाता पर्ने शर्मालाई नियुक्त गरेपछि लेखापाल हमालले पनि आफ्ना ठूला बुवाको छोरा नातामा भाई पर्ने कमल बहादुर शाहीलाई निुयुक्ति दिएका हुन । कमललाई कार्यालय सहयोगीको रुपमा नियुक्ति दिइएको हो ।
हिक्मत जंग शाहीको पालामा कम्प्युटर अपरेटरमा नियुक्त भएकी सुनिता चन्दलाई कामबाट हटाई जनकले आफ्ना भाईलाई नियुक्ति दिएपछि यो कुरा खुलेको हो ।
‘मैले धेरै समय काम गरें । समस्या परेको समयमा काम गरें तर हाल आफ्ना भाईलाई नियुक्त गरे ।’ सुनिता भन्छिन्, ‘मलाई थाहै नदिई मेरो स्थानमा प्रमुखल भाईलाई राख्नु गलत हो ।’ कार्यालयमा हुने चलखेलका कारण निमित्त प्रमुख हमालले आफूलाई नियुक्ति दिनबाट रोकेको उनको भनाई थियो । ‘कम्तिमा हामी काम गरिरहेकाहरुलाई सोध्नपथ्र्यो । हामीलाई नियुत्तिः दिन्छौं भनेर आश्वासन दिइएको थियो तर कार्यालय प्रमुखको मनोमानीमा हामीलाई एक शब्द पनि नसोधी प्रकाशलाई नियुक्ति दिइयो ।’ उनी भन्छिन्, ‘करारमा राख्ने नै भएको भएपनि कम्तिमा प्रक्रिया अपनाउनु पथ्र्यो ।
विना विज्ञापन, विना सूचना यसरी आफन्त भर्ति केन्द्र बनाउन पाइदैन भभनेर मैले कार्यालय प्रमुखसामु नै आवाज उठाएको हो ।’ यता, कार्यालय प्रमुख हमालले भने प्रकाश नाताले भाई नै पर्ने भएको बताए ।
‘उसलाई नियुक्ति पत्र दिएको छैन । भदौ एक गतेदेखि काम गर्दै आइरहेको छ । दरबन्दी करारमा काम गर्दै आइरहेको साँचो हो ।’ उनी भन्छन्, ‘हामीले सूचना निकाल्नु पथ्र्यो निकालेनौं । मलाई विगतमा काम गर्दा मान्छे राख्नकालागि राजनीतिक दवाव पनि आएको हो ।’ उनले कार्यालय सहयोगीका रुपमा कमललाई पनि राखिएको बताए ।
पहिलोप्रेस
४ आश्विन २०७८, सोमबार २०:४२