एमयूद्धारा ताला खोल्न एक दिने अल्टिमेटम, नखोले फोडिने
सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. नारायण प्रसाद पौडेलले विश्वविद्यालयमा विभिन्न माग राखेर गरिएको तालाबन्दी भोली साँझ पाँच बजेसम्म खोलिदिन आग्रह गरेका छन् । उनले लामो समय देखि विश्वविद्यालयमा गरिएको तालाबन्दीले विभिन्न कार्य सम्पादन गर्न समस्या भएको बताउँदै ताला खोलिदिन आज एक विज्ञप्तीमार्फत आव्हान गरेका हुन । त्यसकालागि भोली बेलुका पाँच बजेसम्म ताला खोल्न अल्टिमेटम समेत विश्वविद्यालयले दिएको छ ।
‘मध्यपश्चिम विश्वविद्यालयमा विगत लामो समयदेखि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विभिन्न मागहरु राखी गरिएको तालावन्दीको अवस्थामा आन्दोलनरत प्राध्यापक संगठन र मध्यपश्चिम विश्वविद्यालय उच्चस्तरीय वातां समितिविच विभिन्न समयमा भएका औपचारिक तथा अनौपचारिक वार्ता र सम्बादहरु निरन्तर भईरहेता पनि उपलब्धिमुलक सहमति हुन नसकेको हुँदा विश्वविद्यालयमा क्रियासिल विभिन्न विद्यार्थी संघ, संगठनहरुसंग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्न विश्वविद्यालयको एघारौं सभा सम्बन्धी तयारी गर्न, विश्वविद्यालयका निकायहरुको बजेट निकासा र बजेट खर्चको प्रकृया सुरु गर्न एंवम् दैनिक प्रशासनिक कार्य सञ्चालन गरी विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुको समस्या समाधान गरी नियमित दैनिक शैक्षिक एवं प्रशासनिक गतिविधिहरु सञ्चालन गर्न विश्वविद्यालयको केन्द्रीय कार्यालयहरुमा गरिएको तालावन्दीका कारण सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यहरु सु सन्चालन गर्न बाधा पुग्न गएकाले मिति २०७८ ०६ ÷ ०६ गते साझ ५ः०० बजेसम्म आन्दोलनरत प्राध्यापक संगठनलाई ताला खोली समस्याको निकास निकाल्न हार्दिक अपिल गर्दछौं यसरी विश्वविद्यालयलाई लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने हुँदा लगाइएको ताला खोली विश्वविद्यालय प्रशासन दैनिक कार्य सम्पादन गर्न बाध्य हुने अवगत गराउछौं ।’ विज्ञप्तीमा भनिएको छ, ‘विश्वविद्यालयमा देखिएका समस्याहरुलाई बार्ता सम्बाद र सहमतिबाट समाधान गर्नका लागि विश्वविद्यालय सदैव तयार रहेको व्यहोरा समेत अवगत गराइन्छ ।’
पहिलोप्रेस
५ आश्विन २०७८, मंगलवार १९:१४