माओवादी निकटका पत्रकार बीच अर्थमन्त्री शर्मा गर्दै गुटबन्दी, आफु निकटकालाई काठमाडौं बोलाई आर्थिक सहयोग गर्ने आश्वासन !
सुर्खेत ।
कर्णाली प्रदेशको रुकुम पश्चिमबाट निर्वाचित वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले माओवादी निकटको पत्रकारबीच फाटो ल्याउँदै पत्रकारलाई गुटबन्दी गराउन सुरु गरेका छन् । उनले राजधानीमा शुक्रबार उपत्यकाका पत्रकारसँग ललितपुरको एक होटलमा कुराकानी गरेका छन् भने शनिबार ठमेलमा देशैभरिका आफू निकटका पत्रकारसँग भेटघाट गरेका छन् ।
भेटघाटमा अर्थमन्त्री शर्माले पत्रकारलाई आफूले आर्थिक सहयोग गर्ने बारेमा सल्लाह माग गरेको स्रोतले जानकारी दिएको छ । ‘प्रचण्ड पछिको नेतृत्वको रुपमा आफूलाई स्थापित गराउन जनार्दनले पत्रकारसँग सम्पर्क गरेर आफू निकट ल्याउन भरमग्दुर प्रयास गरेका छन् ।’ प्रेस संगठन नेपालका एक केन्द्रीय सदस्यले् भने, ‘आफूले भनेको मान्नेलाई मात्रै शर्माले काठमाडौं बोलाएका छन् र ती पत्रकारलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।’
अर्थमन्त्री शर्माले संगठनका केहि व्यक्तिलाई काठमाडौं बोलाएर भोज दिने, फकाउने काम गरेपछि संगठनमा आवद्ध अन्य पत्रकारहरु भने असन्तुष्ट बनेका छन् ।
‘पार्टी क्रान्ती अनि समाजवाद साम्यवादको उटपट्यांग गफ दिने ?’ सामाजिक सञ्जालमा संगठनका नेता निर्मल ज्ञावलीले लेखेका छन्, ‘पाटीृको तर्फबाट मन्त्री पद खाने अनि पार्टीकै कार्यकर्तालाई विभाजन गर्दै ठमेलका होटलहरुमा पाटृिकै नेता विरुद्ध आरोप प्रत्यारोप गर्दै डिनर सहितको भोज चलाउने अनि कमरेड हामी रुपान्तरित हुनुपर्छ, नयाँ बन्नुपर्छ । दुश्मनलाई जित्नुपर्छ आदी भन्ने तिमी जस्तोले हो आन्दोलन र पार्टीलाई डुवाउने ?’
उनी मात्रै होइनन्, जनार्दन शर्माले संगठनबीचमा फूट ल्याउने कसरत गरेको भन्दै धेरैले आलोचना गरेका छन् । सुर्खेतका पत्रकारले सामाजिक सञ्जालमा यहि प्रसंगलाई कोट्याउँदै लेखेका छन्, ‘यो नियतले, यो तरिकाले, त्यो छलछामले, त्यहि टिमले बन्छ त संगठन ?’ प्रश्न गरेका छन्, ‘बन्छ त पार्टी ?’
कर्णालीबाट जर्नादन शर्माको बोलावटमा रुकुम पश्चिमबाट ध्रुव बुढाथोकी, कालिकोटबाट देविराम देवकोटा र अर्थमन्त्रीका सल्लाहकार सचिन रोकायामात्र सहभागि भएका छन् ।
माओवादी निकटका पत्रकारले देशैभरबाट विरोध गरेपछि त्यो विरोधलाई दबाउनका लागि आज पेरिस डाँडामा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको वैठक राखिएको भन्दै नाटक मञ्चन गरिएको एक केन्द्रीय सदस्यले बताए ।
पहिलोप्रेस
१० आश्विन २०७८, आईतवार १९:३२