वीरेन्द्रनगरले ल्यायो रोलर, खाल्डा पुर्न व्यवसायीको मुख ताक्न नपर्ने
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाले २१ लाख लागतमा रोलर मेसिन ल्याएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार पालिका क्षेत्रमा रहेका सडकहरुमा खाल्डा खुल्डी पर्ने र त्यसलाई टाल्नकालागि व्यवसायी माथि नगरपालिका निर्भर हुने अवस्था अन्त्य गर्न रोलर ल्याइएको हो ।
‘हामीले नगरपालिका भित्रका अत्यावश्यकीय सडक खण्डमा पर्ने खाल्डालाई पुर्न आवश्यक पर्ने रोलर ल्याएका छौं । यसले् नगरक्षेत्रभित्रका सडक निर्माण गर्नमा सहयोग हुने अपेक्षा हामीले लिएका छौं ।’ उनी भन्छन्, ‘अब साना साना खाल्डा पुर्न हामी नै सक्षम हुनेछौं ।’
उनका अनुसार नगरपालिकाले जेसीवि र दुइ टिप्पर यसअघि नै खरिद गरिसकेको छ । तीन ओटा ट्याक्टर रहेकोमा एक ट्याक्टर विग्रेको अवस्थामा रहेको छ ।
पहिलोप्रेस
११ आश्विन २०७८, सोमबार २०:०८