Loading... आजः ४ पुष २०८१, बिहीबार

विश्वसाइकल यात्री पुस्कर शाहको ४० सदस्यीय टोली सुर्खेतमा, पर्यटनमन्त्री बुढाद्धारा स्वागत


सुर्खेत ।
विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा इलाम देखि सुरु भएको १८ दिने साइकल यात्रा गर्दै ४० सदस्यीय टोली सुर्खेत आइपुगेको छ ।

दोलखा घर भएका यात्री पुष्करले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि साइकल यात्रा गरिएको बताए । ‘सम्वन्ध जोडदै देश घुमौं भनेर अवको पर्यटन साइकल बाट सम्भव छ भनेर लागेका छौं ।’ उनले भने, ‘हामी इलाम देखि चालीस जना आएका छौं आज फेरी काठमाडौं, चितवन, हेटौंडा, धनगढीबाट २५ जना थपिन लाग्नु भएको छ ।

देशका विभिन्न चुनौतीहरुसँग लडदै, प्रकृतिसँग रमाउँदै सायकल यात्रा भइरहेको उनको भनाई थियो । ‘मान्छेका जनजीवनसँग घुमलमिल हुँदै, सम्वन्ध जोडदै रमाईलो गर्दै यात्रा गरिहेका छौं ।’ उनले भने, ‘हरेक शहरमा विभिन्न निकाय तथा महानुभावहरुले सम्मान गर्नु भएको छ । यसले आन्तरिक पर्यटनमा टेवा पु¥याएाछ ।’


पुस्कल सँगै साइकल यात्रामा निस्किएकी ललितपुर घर भएकी उर्मिला शाक्य पनि छिन् । उनी पनि इलामबाटै साइकल यात्रामा निस्किएको बताउँछिन् । ‘घर देखि बजार सँगै जान्थ्यौं । गतवर्ष चितवनमा यात्रा गरिउको थियो । मलाई मन परेर यो साइकल यात्रामा जोडिएको हुँ ।’ उर्मिला भन्छिन्, ‘साईकल यात्रा स्वास्थ्यका लागि अत्यन्तै फाइदा जनक छ । ठूलो दुर्घटना नहुने, खर्च कम हुने, इच्छा लागेको समयमा हिडन पाईने, पार्किङ्गको समस्या नहुने, प्राकृतिक रुपमा पनि प्रकृतिलाई फाइदा पुग्ने साधन सायकल नै हो । त्यसैले साइकलको प्रयागमा बढोत्तरी होस भनेर म पनि यो अभियानमा जोडिएकी हुँ ।’

साइकल यात्री शाहले रारासम्म जाने योजना रहेको बताए । ‘हामी रारा पुग्छौं । आगामी पाँच देखि ६ दिनमा रारा पुग्ने लक्ष्य लिएका छौं ।’ उनले भने, ‘सुर्खेतमा भोली राउटे बस्तीलाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको छ । हामीले त्यो सहयोग हस्तान्तरण गर्नेछौं ।’

पर्यटन दिवसको अवसर पारेर सुर्खेत आइपुगेको टोलीलाई कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मन्त्रालयमा स्वागत गरेका छन् । ‘यहाँहरु पर्यटन क्षेत्रको प्रवृद्धन गर्नकालागि कर्णाली जस्तो भर्जिन ल्याण्डमा आउनु भएको छ । यहाँका हरेक सम्पदाहरु, भुगोल र परम्पराहरु पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । यहाँहरु मार्फत कम्तिमा उकपटक कर्णाली आउन पर्यटकलाई आव्हान गर्दछु ।’ साइकलयात्री शाहीले दिएको साँचो ग्रहण गर्दै उनले भने, ‘यो साँचोले कर्णालीको पर्यटनको ढोका खोल्नेमा आशावादी छौं ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको जानकारी दिदैं पर्यटनको विकासका लागि के गर्न आवश्यक छ भन्ने बारेमा सरकारलाई सुझाव दिन सायकलयात्रीलाई आग्रह समेत गरेका छन् ।


सम्बन्धित समाचार