Loading... आजः ४ पुष २०८१, बिहीबार

रामु खत्रीको अध्यक्षतामा २०१ सदस्यीय नगर कमिटी गठन

 


सुर्खेत |

नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर नगर कमिटीले पूर्णता पाएको छ । नगर कमिटीका अध्यक्ष रामु खत्रीको अध्यक्षतामा बसेको बैठकले २०१ सदस्यीय वीरेन्द्रनगर नगर कमिटी गठन गरेको हो ।

कमिटीमा वरिष्ठ उपाध्यक्ष सुशिल विसी, उपाध्यक्षहरुमा राजु खत्री, आकाश अधिकारी, उदय बुढा, अजय बुढा, चित्र थापा, सबिन शर्मा, सचिवमा विजय थापा, सहसचिवहरुमा तेजराम भण्डारी, शंखर कँडेल, प्रकाश गुरुंग र कोषाध्यक्षमा रञ्जना भण्डारी थापा रहेका छन् । त्यस्तै, बालकृष्ण पोखरेलसहित २२ जनालाई सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ ।

नगर कमिटी बैठकमा अध्यक्ष खत्रीले माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवादका सिद्धान्तलाई आत्मसाथ गर्दै सुखी नेपाली, समृद्ध नेपालको आकांक्षा पुरा गर्न समाजवाद उन्मुख नयाँ व्यवस्था निर्माण अभियानमा संगठनले आफ्नो अभिभारा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा पार्टीका प्रदेश तथा जिल्लास्तरीय नेताहरुको उपस्थिति थियो ।


सम्बन्धित समाचार