Loading... आजः ४ पुष २०८१, बिहीबार

अब सहकारीले सर्वसाधारणबाट पैसा संकलन गर्न पाउने

सुर्खेत ।

सरकारका अर्थमन्त्री जनतार्दन शर्मा ‘प्रभाकर’ले सहकारी संस्थाहरुले पनि सर्वसाधारणबाट पुंजी सकंलन गरेर लगानी गर्न पाउने नीति ल्याएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूंजी लगानी गर्न पाउने नीति ल्याइएको बताएका हुन ।

‘सहकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको छ । अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउँछन् । यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ ।’

मन्त्री शर्माले भनेका छन्, ‘ यसका लागि कार्यविधि तयार भइरहेको छ । यसबाट अरबौँ पैसा उत्पादन क्षेत्रमा लगानी हुनेछ । यसले हाम्रो आर्थिक क्षेत्रमा धेरै ठुलो परिणाम ल्याउनेछ । सरकारको पूँजीगत खर्चको थोरै हिस्सा मात्र लगानी भइरहेको अवस्थामा यो व्यवस्था राष्ट्रिय अर्थतन्त्र निर्माणमा एक खम्बाको रूपमा रहनेछ ।’


सम्बन्धित समाचार