दुर्गममा स्वास्थ्य सेवा राम्रो बनाउन ५० जना डाक्टर पढाउने कर्णाली सरकारको तयारी
सुर्खेत ।
कर्णाली प्रदे्श सरकारले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पु¥याउने भन्दै चालु आर्थिक वर्षबाट कर्णालीका दश जिल्लाका पचास जनालाई एमविविएस अध्यापन गराउने भएको हो । सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीका अनुसार प्रति जिल् ला पाँच जनाका दरले पचास जनालाई डाक्टर पाढाउन तयारी थालिएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि नै कर्णालीमा विभिन्न छात्रवृत्तिका नाउँमा कार्यक्रम गर्दै आइरहेको छ । दुर्गम छात्रवृत्ति, दलित छात्रवृत्ति, छोरी बुहारी छात्रवृत्ति, अपांगता भएकाहरुका लागि छात्रवृत्ति दिइरहेको सरकारले फेरि पचास जना डाक्टरकालागि भन्दै छात्रवृत्तिमा डाक्टरी पढाउन सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले वितरण गरेको छात्रवृत्तिबाट पाँच सय भन्दा बढि एक पटकका लागि लाभान्वित भइसकेका छन् । कम्तिमा २४ हजार देखि एक लाख ३० हजार सम्मका दरमा मन्न्त्रालयले छात्रवृत्ति वितरण गरेको थियो तर ती छात्रवृत्ति पाएकाहरु मध्ये अधिकांश सरकारको सम्पर्कमा नभइरहेको समयमा सरकारले फेरि यस्तो योजना ल्याएको हो ।
‘हामी कर्णालीको स्वास्थ्य सेवालाई बलियो बनाउन प्रयासरत छौं ।दक्ष जनशक्तिको अभावमा कर्णालीका नागरिकको ज्यान जान नपाओस भनेर यो जोजना ल्याएका हौं ।’ दैलेखमा जिल्ला अस्पतालको भवन शिलान्यास गर्न गएका मन्त्री बुढाले भने, ‘यी उत्पादित जनशक्तिले कर्णालीको दुर्गममा कम्तिमा पाँच वर्ष सेवा गर्नुपर्ने गरि हामीले यो कार्यउक्रम ल्याएका हौं ।’
मन्त्रालयका योजना शाखा प्रमुख विनोद आचार्यले विभिन्न छात्रवृत्तिध्का लागि एक करोड विनियोजित भएको बताउँदै सोही रकमबाट डाक्टर पढाईने बताए । ‘कर्णालीको जनशक्ति कर्णालीमै सेवा नामक यो कार्यक्रमका लागि आवश्यक पर्ने कार्यविधि निर्माण भइरहेको उनले बताए । ‘अहिले कार्यविधि निर्माणको अन्तिम तयारीमा हामी छौं । यस कार्यक्रमका लागि आवश्यक बजेट विनियोजित भइसकेको छ ।’ उनी भन्छन्, ‘कृषि, चिकित्सा लगायतका कुन क्षेत्रमा कति छात्रवृत्ति दिने भनेर आवश्यक रकम बाडफाँड होला ।’
पहिलोप्रेस
२१ आश्विन २०७८, बिहीबार १९:५६