Loading... आजः ४ पुष २०८१, बिहीबार

समाजवादीमा लागेका कालिकोटका वडा अध्यक्ष फर्किए एमालेमै, उल्टियो नतिजा

सुर्खेत ।
नेकपा एमाले विभाजन भएसँगै जननिर्वाचित प्रतिनिधिलाई आफ्नो कित्तामा उभ्याउने होडबाजी पछिल्लो चरणमा कर्णालीमा चरम सिमामा पुगेको छ । सरकारले दल सम्वन्धी ल्याएको अध्यादेशमा २१ दिनसम्म निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने कानूनी व्यवस्था भएसँगै कालिकोटमा यसको प्रत्यक्ष प्रभाव परेको छ ।

कालिकोटमा एमालेका २७ ओटा वडाअध्यक्ष रहेकोमा ती मध्ये १३ वडाअध्यक्ष आफ्नो भेलामा सहभागि भएको भन्दै नेकपा एकीकृत समाजवादीले दाबी गरेको थियो तर उक्त दावी गरेको ६ घण्टा नवित्दै अधिकांश वडाअध्यक्षहरु एमालेमै रहेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।

‘कालिकोटका करिब दुइतिहाई एमाले एकीकृत समाजवादीमा’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेका थियौं । लिखित हस्ताक्षर आएसँगै कालिकोटमा समाजवादी पार्टीको पक्षमा भएको भनिएको जनमत उल्टिएको हो ।

सो समाचार प्काशित भएसँगै कालिकोटमा एमाले र समाजवादी पार्टीबीच आफ्नो पक्षमा जनप्रतिनिधि देखाउन तीव्र होडवाजी भएको छ । नेकपा एमालेमै रहेको भन्दै १८ जना वडाअध्यक्षले हस्ताक्षर गरेको विवरण उपलब्ध भएको छ ।

जसमा, खाँडाचक्र नपा ११ का पुष्पराज गिरी, पाँचका खडानन्द चौलागाई, ७ का रजबहादुर मल्ल, ९ का गोविन्द मल्ल, महावै गाउँपालिका ४ का वडाअध्यक्ष विभिषण शाहीले आफू एमालेमै रहेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।

यस्तै, शुभकालिका गाउँपालिका ३ का धनराज शाही, ४ का रामबहादुर शाही, नरहरीनाथ गाउँपालिका ९ का जोरा शाही, टक्क विष्ट, १ का पृथ्वी विष्ट, सान्नीत्रिवेणी गाउँपालिकाका रोशन सार्की, पलाता गाउँपालिका ५ का विरबहादुर बम, रास्कोट नपा २ का दयाराम सिम्खडा, पाँचका नरजंग शाही, ८ का कृष्ण धमालाले पनि आफूहरु एमालेमै रहेको बताएका छन् ।

यस्तै, खाँडाचक्र नपा ६ का जगदीश शाही शुभकालिका ४ का रामबहादुर शाही, तिलागुफा नपा ६ का धर्मराज शाहीलगायत १८ जनाले आफूहरु एमालेमै रहेको बताएका छन् ।

समाजवादी पार्टीमा शुभकालिका पाँचका केशव शाही, रास्कोट ८ का डबल वोगटी, पचालझरना १ का रत्नलाल न्यौपाने, महावै पाँचका धर्मबहादुर शाही, नरहरीनाथ ८ का लोकबहादुर विष्ट, खाँडाचक्र ८ का आदि चौलागाई, र वडा नं. ४ का वडाअध्यक्ष धनसिंह कामी खुलेर लागेका छन् ।

एमाले स्रोतका अनुसार सान्नी त्रिवेणी ८ का मणि सिम्खडा र शुभकालिका ६ का कर्ण केसी कुनैपनि दलमा आवद्ध भएको बारे खुलेको छैन ।

नेकपा समाजवादीका संयोजक विश्वराज बमले आफुहरुसँग दुइ तिहाई सदस्य रहेको दाबी गरेका छन् भने जिल्ला कमिटिमा आफूहरुसँग ५१ सदस्य रहेको दाबी अध्यक्ष नगेन्द्र शाही नेस्नलले गरेका छन् ।उनका अनुसार समाजवादीमा दश जना लागेका छन् भने ६ जनाले कित्ता प्रष्ट पारीसकेका छैनन् ।

 


सम्बन्धित समाचार