Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले उपाध्यक्ष रावल र कुवरको सम्बन्ध माछापानी जस्तो हो, अलग हुँदैनन्ः नेता रावल

सुर्खेत ।
नेकपा एमालेको भातृ संगठन प्रवाशी नेपाली संघ भारतका नेता डम्बर रावलले नेकपा एमालेका उपाध्यक्ष भीम रावल र शेरबहादुर कुवरको सम्वन्ध माछापानीको जस्तो भउको प्रतिक्रिया दिएका छन् । मुम्बईमा लामो समय देखि प्रवाशी आन्दोलनलाई हाँक्दै आएका रावलले उनीहरुबीचमा चाँडै एकता हुनेमा आशा गर्दै लामो स्टाटस समेत लेखेका छन् । उनले फेसबुकमा यस्तो लेखेका छनः
अहिले पार्टी बिभाजन पछि विशेषगरी अछाम जिल्लामा को नेतुत्व को सम्बन्ध एउटा को धेरै र अर्काको कम मुल्यांकन गरेर मर्यादित राजनीतिक भन्दा अमर्यादित एक अर्को पक्ष धर भएर आरोप प्रति आरोप लगाउने हतारो कृपया नगरौ ।
मलाई २०४७ भन्दा अगाडिको को त थाहा छैन । त्यस पछि २०४७ देखी २०७८ साउन ३० गते सम्म भिम रावल र शेर बहादुर कुवर को सम्बन्ध माछापानी को हो परिवार रूपमा भन्नु पर्दा श्रीमती श्रीमान को जस्तो हो राजनीतिक रूपमा भन्नु पर्दा एक अर्का को अत्यन्तै विश्वास भएर नै अछाम मा एमाले यो उचाइमा पुगेको हो नभए अछाम भनेको काङ्ग्रेसको किल्ला हो । आज यदि साच्चै राजनीतिक कारण वस वहाँ दुई जना अलगअलग पार्टी मा गएको भरमा विगत को उनीहरुको भूमिकाको अवमूल्यन गर्नु कतापी राजनीतिक न्याय हुदैन ।
आज अछाम मा नेकपा एमाले को नेर्तुत्वमा जति पनि शैक्षिक स्वास्थ रोजगार राजनीतिक परिवर्तन भए ती शेर बहादुर कुवर को नेर्तुत्व र भिम रावल को सयोक समर्थन निर्देशनमा सुझाव सल्लाह मा नै भएका हुन यी दिन को घाम झै छर्लङ्ग छ।
हिजो भिम रावलले शेर बहादुर कुवर लाई नसोधी केहि गर्दैनन् अनि शेर बहादुर कुवर ले भिम रावल को निर्देशन बिना केहि गर्दैनन् । भन्ने पनि नेकपा एमाले का अछाम का नेताकार्यकर्ता होइनन् र?। भिम रावल लाई घेरा हाल्छन हामीले भेट्न सम्म पनि पाउदैनौ भन्ने पनि यहाहरु नै हुन।
आदरणीय नेकपा एमाले अछामी का नेताकार्यकर्ता ज्यु हरेक बस्तु को मुल्यांकन गर्दा घटनाको गहिराई मा गयर गर्नु अतिनै आवस्यक हुन्छ भन्ने लाग्छ एकल काटे तथ्य भन्दा बाहिर ब्यक्ति वादी भएर समर्थन र आलोचना गर्नु राम्रो होइन भन्ने मेरो बुझाइ छ ।
यहाँ अछामको राजनीतिक उपलब्धि को मुल्यांकन गर्दा एउटा थरिले भिम रावल को मुल्यांकन बढी गर्छन् अर्को थरी ले शेर बहादुर को मुल्यांकन गर्छन् । तर अछामको नेकपा एमाले लाई जति भुमिका यो उचाइमा पुर्याउनु भिम रावल को छ जति भुमिका शेर बहादुर कुवर को छ त्यति भुमिका भारत मा बस्ने अछामी जनताको पनि छ भनेर चुनाव का बेला भन्दा अघि पछि त कोहि भन्दाइन।
हामीहरु पनि भारत २०४७ देखी जसरी भिम रावल को निर्देश शेर बहादुर कुवर ले मानेर कार्यनयन गर्नु भयो हो त्यसैगरी शेर बहादुर कुवर को निर्देशन बिना स्वार्थ हामी भारत बस्ने ले पनि मानेका त छौ तर हामीले त्यसलाई जनवादी केन्द्रीयता को रूपमा बुझेका छौ दास्त्व होईन एउटा कमिटी चाइनल बाइ चल्नुपर्छ भन्ने हो हामीले आज सम्म भिम रावल लाई कहिले फोन गर्यौन सधै शेर बहादुर कुवर लाई नै सम्पर्क सम्बन्ध गर्छु। सोध्नुस् भिम रावल ज्यु लाई सोध्नुस् शेर बहादुर कुवर ज्यु लाई अहिलेसम्म हामीले केही मागेका छौ हामीले नमागी के वहाँ हरु ले केहि दिनु भएको छ ?।
हाम्रो एउटै चाहना थियोे र छ कि नेकपा एमाले अछाम का ती डाडा पाखा गाउ बस्ती का गरिब दुखी उत्पीडित जनताको अभिभावक बन्न सकौस। अछाम मा गास वास कपास शिक्षा स्वास्थ रोजगार को ब्यवस्थापन गर्न सकौस भन्ने हाम्रो चाहना ले हामीले यो आन्दोलनमा निरन्तर लगेका थियौ र लागि रहन्छौ।
म आदरणीय कमरेड नेताकार्यकर्ता संग हार्दिक अनुरोध र निवेदन गर्न चाहान्छु राजनीतिक मा कोहि पनि दीर्घकालीन मित्र र शत्रु हुदैन । तसर्थ नेताकार्यकर्ता को जीवन मा आच आउने गरि गलत कुरा नबोलौ न लेखौ राजनीतिक रूपमा बैचारिक र विधि पद्धति अनुसार समर्थन र बिरोध जनाउदा भोलि एकता हुदा पनि समस्या हुदैन नभए पार्टी बिभाजन हुन आवश्यक नहुदा नहुदै पनि नेताकार्यकर्ता का अहंकार दम्भ एकाअर्का को मुख हेर्ने बाटो नराखी बोलेका कारण अलगअलग हुनुपर्ने अवस्था आउन सक्छ ।यहाँ हरु भोलि निर्वाचन का बेला पक्का मिल्छ्न अछाम मा काङ्ग्रेस सम्म यहाहरु कुनै हालतमा मिल्न सक्दैनन् ।
त्यतिबेला तपाईं हामीलाई मैले के बोले रहेछु किन बोले रहेछु। भनेर दुबै थरिलाइ गाली गर्दै यहाँ हरु सबै चोर हुन बदमाश हुन भन्नु हुन्छ अनि आफ्नो पुरै जीवन राजनीतिक मा लगाएको एकछिन मा हिन्ताबोध गर्दै निराश हुँदै यो आन्दोलन बाट बाहिर हुनु हुन्छ त्यसले तपाईं हामीलाई त नोक्सान हुन्छ हुन्छ देश र जनता लाई पनि नोक्सान हुन्छ । त्यसैले आग्रह पुर्वाग्रह राखेर बिरोध होइन कि सत्य र तथ्य मा आधारित भएर बिरोध र समर्थन गर्दा राम्रो हुन्छ भन्ने अनुरोध गर्न चाहान्छु।

सम्बन्धित समाचार