‘कर्णालीमा विपदको कारक अधुरा आयोजना पनि हुन’
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सिता नेपालीले कर्णालीमा रहेको चरम गरिवीका कारण विपद व्यवस्थापनमा समस्या भएको बताएकी छिन् । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री नेपालीले गरिबीका कारण नागरिक खोला किनार तथा भिरालो जमिन नजिक बस्ती बसाल्ने गरेको र त्यसले विपदको जोखिम बढाउने गरेको बताइृन ।
दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तरगत विहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास योजनामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी प्रादेशीय परामर्श कार्यक्रममा मन्त्री नेपालीले दिगो विकास लक्ष्य अनुसारको कार्य गर्न विपतमैत्रि नीति वनाउन लागेको बताईन ।
कर्णाली प्रदेश योजना आयोग र आइओएमले सयुक्तरुपमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी प्रादेशीय परामर्श कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री नेपालीले छिट्टै कर्णाली प्रदेश सरकारले प्रदेशको विपत ब्यवस्थापन सम्बन्धी नीति वनाउन लागेको जानकारी दिईन ।
उनले विपदका कारकको रुपमा अधुरा आयोजना पनि हुने गरेको बताईन । ‘वजेट अभावमा योजना अपुरा भइ अलपत्र हुने र पछि त्यही कारण वाढी पहिरो तथा भुःक्षय हुने हुदा विपतको प्रमुख कारण अधुरा योजना पनि हुन ।’ उनले भनिन्, ‘कर्णालीको भुगोल अनुसारको विकास हुदैन, अध्ययन विना अन्धाधन्दा विकास गर्ने प्रवृती छ, विकास गर्ने होडवाजीले गर्दा कर्णालीमा विपत जोखिम वढेको देखिन्छ ।’
कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. सर्बराज खड्काले विपतको आँखावाट विकास निमार्णलाई हेनुपर्ने बताए ।
‘सम्भाब्यताको अध्ययन गरेर गरिने विकास दिगो हुन्छ,योजनावद्ध विकासले प्रदेशको विकास हुन्छ र यसले विपत जोखिम न्युनिकरण हुन्छ’ उनले भने, ‘सरकारको नेतृत्वमा सरोकारवाला सबैले विपत जोखिम न्युनिकरण गर्न लागे मात्रै दिगो विकास लक्ष्य हासिल गर्न सहज हुने देखिन्छ ।’
कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका विभिन्न विषयगत मन्त्रालयका योजना महाशाखा प्रमुखहरुले वातावरणीय प्रभाव मुल्याङकन विनाको विकास विपतको मुख्य कारण भएको वताएका छन ।
विभिन्न विषयगत मन्त्रालयका महाँशाखा प्रमुखहरुले राज्यका हरेका कार्यक्रम विपतमैत्री वनाउनुपर्नेमा जोड दिएका छन । उनिहरुले नीति वनाउदा हतार गर्न नहुने तर नीति वाइसकेपछि कार्यान्वयनमा छिटो छरितो जानुपर्ने उनिहरुले भनाइ छ ।
पहिलोप्रेस
७ आश्विन २०७८, बिहीबार १८:०५